• Tuesday, September 08

भोजपुरमा ‘पिपिआर र स्वाइन फिभर’ रोगविरुद्ध खोप अभियान सुरु

जनचेतना कार्यक्रम समेत सञ्चालन

Fm Radio Link

भोजपुर, १५ पुसः जिल्लामा भेडा–बाख्रामा देखिने पिपिआर तथा बङ्गुरमा देखिने स्वाइन फिभर रोगको नियन्त्रण तथा उन्मूलनका लागि खोप अभियान सुरु गरिएको छ ।

 

जिल्लाभरका पशुपालक किसानलाई लक्षित गर्दै भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको आयोजनामा अभियान सञ्चालनमा ल्याइएको हो ।

 

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख पुष्पराज दाहालका अनुसार जिल्लाका सबै नौवटै स्थानीय तहमा यही पुस ११ देखि ३० गतेसम्म खोप अभियान सञ्चालन हुनेछ ।

 

अभियानअन्तर्गत भेडा–बाख्रामा एक लाख पाँच हजार डोज र बङ्गुरमा २४ हजार डोज खोप लगाउने लक्ष्य लिइएको उहाँले जानकारी दिनुभयो ।

 

“भोजपुरमा पिपिआर र स्वाइन फिभर रोगको जोखिम बढ्दै गएकाले त्यसको नियन्त्रण तथा उन्मूलनका लागि खोप अभियान सुरु गरेका हौँ”, प्रमुख दाहालले भन्नुभयो, “किसानलाई सहज होस् भन्ने उद्देश्यले खोपकर्तालाई गोठगोठमै पुगेर खोप लगाउने व्यवस्था मिलाइएको छ ।”

 

पिपिआर र स्वाइन फिभर जस्ता सङ्क्रामक रोगका कारण पशु मृत्यु हुने तथा किसानले ठूलो आर्थिक क्षति व्यहोर्नुपर्ने अवस्था रहेकाले खोप अभियानलाई प्रभावकारी रूपमा अघि बढाइएको उहाँले बताउनुभयो ।

 

रोग नियन्त्रण भएसँगै पशु उत्पादनमा वृद्धि हुने र पशुपालक किसानको आम्दानीमा सुधार आउने अपेक्षा गरिएको छ ।

 

विशेषगरी ग्रामीण क्षेत्रका अधिकांश किसान भेडा–बाख्रा तथा बङ्गुरपालनमै निर्भर रहेकाले यस अभियानले उनीहरूको जीविकोपार्जनमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।

 

कोशी प्रदेश सरकारको ‘पशुजन्य पदार्थ निर्यातमा टेवा पु¥याई कृषकलाई आर्थिक रूपमा समृद्ध बनाऔँ’ भन्ने नाराअनुसार अभियान सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।

 

यसअन्तर्गत प्रत्येक बस्तीमा पुगेर खोपकर्ताले घरमै पशुलाई खोप लगाउने व्यवस्था गरिएको छ । कार्यालयका अनुसार यसअघि जिल्लामा गाई–भैँसीमा देखिने खोरेत रोग विरुद्धको खोप अभियान पनि सफलतापूर्वक सम्पन्न भइसकेको छ ।

 

यद्यपि अधिकांश किसान पशुपालन व्यवसायमा निर्भर रहे पनि पशुमा लाग्ने रोग, त्यसको लक्षण र उपचारबारे पर्याप्त जानकारी नहुँदा समस्या भोग्दै आएको अवस्था रहेको जनाइएको छ ।

 

यसलाई मध्यनजर गर्दै खोपसँगै पशु रोगसम्बन्धी जनचेतना फैलाउने कार्यक्रम पनि सँगसँगै सञ्चालन भइरहेको प्रमुख दाहालले जानकारी दिनुभयो ।

Give Your Thought
Radio System

‘ज्येष्ठ नागरिकका ज्ञान र अनुभवलाई विकाससँग जोड्नु आवश्यक छ’

विराटनगर, १५ पुसः विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले समाजमा ज्येष्ठ...

Radio System

दुई मोटरेबल पक्की पुल निर्माणको काम पाँच वर्षदेखि अलपत्र

गोदावरी ९ कैलाली, १५ पुसः कैलालीको गौरीगङ्गा नगरपालिकामा निर्माणाधीन दुईवटा...

Radio System

तमु ल्होसार महोत्सवः पुस्तैनी ठेकीले सम्झायो पुर्खा

काठमाडौँ, १५ पुसः ठेकी र मदानी काखीमा च्यापेर हिँड्दै गरेकी...

Radio System

ठूला र पुराना लोकतान्त्रिक शक्तिले नै देशको नेतृत्व गर्ने हो : अध्यक्ष ओली

काठमाडौँ, १५ पुस : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी...

Latest Update