• Tuesday, September 08

‘ज्येष्ठ नागरिकका ज्ञान र अनुभवलाई विकाससँग जोड्नु आवश्यक छ’

समाजमा वरिष्ठ नागरिकको योगदानको मूल्याङ्कन

Fm Radio Link

विराटनगर, १५ पुसः विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले समाजमा ज्येष्ठ नागरिकको योगदान र अनुभवलाई विकाससँग जोड्नु आवश्यक रहेको बताउनुभएको छ ।

 

ज्येष्ठ नागरिक कार्यसमिति विराटनगर–६ को तेस्रो साधारणसभालाई आज सम्बोधन गर्दै प्रमुख कोइरालाले ज्येष्ठ नागरिकको ज्ञान, अनुभव र सीपलाई समाजको विकाससँग आवश्यक रहेको औैँल्याउनुभयो ।

प्रमुख कोइरालाले महानगरपालिकाले ज्येष्ठ नागरिकमैत्री नीति र कार्यक्रम विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 

उहाँले भत्रुभयो, “ज्येष्ठ नागरिकलाई बोझ होइन, प्रेरणाका स्रोतका रूपमा सम्मान गर्ने संस्कार विकासको साँचो आधार हो ।

 

घर–परिवार, समाज र राज्य–तीनै तहबाट उहाँहरुप्रति संवेदनशीलता बढाउनु जरुरी छ ।” सो अवसरमा ज्येष्ठ नागरिकको भवनका लागि जग्गा खरिद गर्न आर्थिक सहयोग गर्ने व्यक्तिहरुलाई सम्मानसमेत गरिएको थियो ।

 

समितिका अध्यक्ष अमरबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा विराटनगर–६ का अध्यक्ष हरिश्चन सहनी (अक्षेय), ज्येष्ठ नागरिक महानगर समितिका अध्यक्ष सुरेशकुमार श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Give Your Thought
Radio System

भोजपुरमा ‘पिपिआर र स्वाइन फिभर’ रोगविरुद्ध खोप अभियान सुरु

भोजपुर, १५ पुसः जिल्लामा भेडा–बाख्रामा देखिने पिपिआर तथा बङ्गुरमा देखिने...

Radio System

दुई मोटरेबल पक्की पुल निर्माणको काम पाँच वर्षदेखि अलपत्र

गोदावरी ९ कैलाली, १५ पुसः कैलालीको गौरीगङ्गा नगरपालिकामा निर्माणाधीन दुईवटा...

Radio System

तमु ल्होसार महोत्सवः पुस्तैनी ठेकीले सम्झायो पुर्खा

काठमाडौँ, १५ पुसः ठेकी र मदानी काखीमा च्यापेर हिँड्दै गरेकी...

Radio System

ठूला र पुराना लोकतान्त्रिक शक्तिले नै देशको नेतृत्व गर्ने हो : अध्यक्ष ओली

काठमाडौँ, १५ पुस : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी...

Latest Update