• Tuesday, September 08

काम गर्ने नेतृत्व चाहियो-हर्क साम्पाङको विकल्प को ?

Fm Radio Link

काठमाडौं, चुनाव नजिकिँदै जाँदा एउटा स्पष्ट प्रश्न छ— भाषण चाहियो कि काम?
यस प्रश्नको एक व्यवहारिक उत्तर हुन्, हर्क साम्पाङ

 

वर्षौंसम्म दलगत भागबन्डा, आश्वासन र नारामै सीमित स्थानीय राजनीतिलाई चिर्दै हर्क साम्पाङले धरानमा काम गरेर देखाउने संस्कृतिको सुरुवात गरे । खानेपानीजस्तो जटिल समस्या होस् वा सार्वजनिक श्रमदान, कुर्सीमा बसेर निर्देशन होइन, मैदानमा उत्रिएर नेतृत्व गरे।

 

धरानवासीले आफ्नै आँखाले देखे—
जहाँ अघिल्ला नेतृत्वहरूको फाइल घुम्थ्यो, त्यहाँ हर्क साम्पाङको बेल्चा घुम्थ्यो।
जहाँ भाषण हुन्थ्यो, त्यहाँ श्रमदान हुन्थ्यो।
जहाँ बजेटको कुरा मात्र हुन्थ्यो, त्यहाँ नतिजा हुन्थ्यो।

 

आज केही समूहहरूले उनको स्पष्ट बोली र सम्झौताहीन अडानलाई लिएर आलोचना गर्ने प्रयास गरिरहेका छन्। तर सचेत नागरिक बुझ्छन्— समस्या समाधान गर्न कडा निर्णय चाहिन्छ, मीठो भाषण होइन। बिगार्नेहरूलाई मन नपर्नु स्वाभाविक हो, तर देश बनाउने नेतृत्वलाई जनताले साथ दिन्छन्।

 

हर्क साम्पाङ:- न कुनै दबाब, न कुनै स्वार्थ समूहको प्रभाव— यही नै उनको सबैभन्दा ठूलो शक्ति हो।

 

चुनाव केवल पदको लडाइँ होइन,
यो काम गर्ने राजनीति र पुरानो दलगत राजनीतिबीचको जनमत संग्रह हो।

 

देशको भविष्य सुरक्षित गर्न,
देशलाई फेरि सही दिशामा लैजान,

 

हर्क साम्पाङको विकल्प को?

फेरि एकपटक स्पष्ट सन्देश दिनुपर्छ ?

Give Your Thought

Latest Update