• Tuesday, September 08

कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि सुरु हुने

Fm Radio Link

भक्तपुर, ५ फागुनः आगामी वैशाख १४ गतेदेखि यस वर्षको कक्षा १२ को परीक्षा सुरु हुने भएको छ ।

 

राष्ट्रिय परीक्षा बोर्डले आज परीक्षाको साधारण, परम्परागत र प्राविधिक विषय समूह तर्फका नयाँ तथा पुरानो पाठ्यक्रम एवं ग्रेड वृद्धि परीक्षाको तालिका सार्वजनिक गरेको परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिनुभयो ।

 

परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ । परीक्षाको पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको नयाँ र पुरानो कोर्स तथा ग्रेड वृद्धिको परीक्षा हुनेछ ।

 

सोही दिन नयाँ कोर्सको संस्कृत रचना, बौद्ध शिक्षा र उर्दू व्याकरण तथा पुरानो कोर्सको अनिवार्य वैकल्पिक संस्कृत रचनाको पनि परीक्षा हुने कार्यतालिकामा उल्लेख छ ।

 

वैशाख २७ गते सम्पन्न हुने परीक्षामा अनुपस्थित हुने परीक्षार्थीका लागि बोर्डले पुनः अर्को परीक्षाको व्यवस्था भने नगरिने बोर्डले जनाएको छ ।

 

परीक्षाको तालिकाभित्र कुनै आकस्मिक बिदा परेमा परीक्षा नियन्त्रण कार्यालयको पूर्व सूचनाबिना परीक्षा स्थगित नगरिने बोर्डले उहाँले जानकारी दिनुभयो ।

 

यसवर्ष कक्षा १२ मा नियमित तर्फ तीन लाख ६० हजार परीक्षार्थी सहभागी हुने जानकारी दिनुभयो ।

 

गत वर्ष कक्षा १२ मा नियमित तर्फ तीन लाख ९६ हजार ३४७ र आंशिक तर्फ एक लाख १४ हजार ६४० विद्यार्थी परीक्षामा सहभागी थिए । गतवर्ष कक्षा १२ को परीक्षा वैशाख २१ गतेदेखि सुरु भई जेठ २ गते सम्पन्न भएको थियो ।

Give Your Thought
Radio System

भोजपुरमा ‘पिपिआर र स्वाइन फिभर’ रोगविरुद्ध खोप अभियान सुरु

भोजपुर, १५ पुसः जिल्लामा भेडा–बाख्रामा देखिने पिपिआर तथा बङ्गुरमा देखिने...

Radio System

‘ज्येष्ठ नागरिकका ज्ञान र अनुभवलाई विकाससँग जोड्नु आवश्यक छ’

विराटनगर, १५ पुसः विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले समाजमा ज्येष्ठ...

Radio System

दुई मोटरेबल पक्की पुल निर्माणको काम पाँच वर्षदेखि अलपत्र

गोदावरी ९ कैलाली, १५ पुसः कैलालीको गौरीगङ्गा नगरपालिकामा निर्माणाधीन दुईवटा...

Radio System

तमु ल्होसार महोत्सवः पुस्तैनी ठेकीले सम्झायो पुर्खा

काठमाडौँ, १५ पुसः ठेकी र मदानी काखीमा च्यापेर हिँड्दै गरेकी...

Latest Update