थारू कल्याणकारी सभा वडा नं. ४ को अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभा चौधरी चयन

देवदह–४, विजयपुर, भदौ २३। थारू कल्याणकारी सभा वडा नं. ४ को वडा अधिवेशन देवदह–४, विजयपुरमा मंगलबार सम्पन्न भएको छ। अधिवेशनबाट प्रभा चौधरी अध्यक्ष र निशा कुमारी चौधरी सचिव पदमा चयन हुनुभएको छ। अधिवेशनमा वडा नं. ४ का जनप्रतिनिधि मानबहादुर चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा ५१ जनाको सहभागिता रहेको







