हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको लुम्बिनी प्रदेश स्तरिय एजेन्सी म्यानेजर उत्प्रेरणा कार्यक्रम सम्पन्न
दिव्यान्युज/देवदह,
हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको लुम्बिनी प्रदेश स्तरिय एजेन्सी म्यानेजर उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ ।केन्द्रिय कार्यलयबाट कम्पनीको कार्यकारी प्रमुख कपिल कुमार दहाल , कम्पनीको सिबियो नविन कुमार थापाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि कम्पनीको प्रमुख कार्यकारी अधिकृत कपिल कुमार दाहालको प्रमुख आतिथ्यता, कम्पनीका सिबियो नविन कुमार थापा, यसै कम्पनीका लुम्बिनी प्रदेश प्रमुख बुद्ध बहादुर सुर्य बहादुर सुर्यवंसी, प्रदेश उपप्रमुख शीव कुमालको विशिष्ट आतिथ्यतामा रहेको कार्यक्रममा उप प्रदेश प्रमुख जुना कुवरको सञ्चालन र स्वागत मन्तव्य लुम्बिनि प्रदेश प्रमुख बुद्ध बहादुर सुर्यबंशीले गर्नु भएको थियो ।
कार्यक्रम मा उत्कृष्ट ब्यबसाय गर्न कम्पनीका सिवियो नविन कुमार थापाले बिमाको महत्त्वको बारेमा आफ्नो शुभकामना मन्तब्य राख्नु भयो । साथै कम्पनीका प्रमुखले अभिकर्ता सम्बन्धी आएको नौलो सेवा सुविधा प्रोत्साहन योजनाको बारेमा प्रकाश पार्नु भएको थियो । कार्यक्रममा लुम्बिनी प्रदेश अन्तर्गतका सम्पुर्ण शाखा प्रमुख, मार्केटिन तथा अभिकर्ताहरुको उत्साहजनक उपस्थिति रहेको थियो ।