Tuesday, September 08

Latest Update :

चैत्र १२, १३ र १४ गते ३ दिन मेला लाग्दै

देवदह ४ भवनीपुरमा एतिहासिक मेला लाग्दै
image

दिव्यान्युज/देवदह ,

कोलिय राज्य बुद्द मावली क्षेत्र विकास समितिको आयोजनामा महा मानव भगवान गौतम वुद्दको मावली स्थल देवदह ४ भवनीपुरमा सदियौ देखि लाग्दै आएको एतिहासिक मेला यो वर्ष पनि तीन दिन लाग्ने भएको छ ।

 

परापुर्वकाल देखि लाग्दै आएको यो मेला एतिहासिक मेला हो । मिति २०८२ चैत्र १२, १३ र १४ गते गरी ३ दिन मेला सञ्चालन गरिने  सस्थाका अध्यक्ष अमर राज पोख्रेलले जानकारी दिनु भयो ।

 


मेलामा  मिति २०८२ चैत्र १२ गते विहिबार  उदघाटन कार्यक्रम, एतिहासिक महत्व बोकेका  थारु समुदायको परिचय बोकेको खेल ढकिया दौड,  कुर्ची रेस, हण्डी फोर लगाएतका खेलकुद, साँस्कृतिक कार्यक्रम साथै भजन प्रतियोगिताको पहिलो चरण, पहिलो दिन सञ्चालन गरिने भएको छ ।

चैत्र १३ गते शुक्रबार दोस्रो दिन स्थानिय तथा राष्टिय कलाकार सहितको बृहत साँस्कृतिक कार्यक्रम र मिति २०८२ चैत्र १४ गते शनिबार तेस्रो एवम अन्तिम दिन भाजन प्रतियोगिताको फाइनल चरण र स्थानिय तथा राष्टिय कलाकार सहितको बृहत साँस्कृतिक कार्यक्रम हुने साँस्कृतिक कार्यक्रम संयोजक दिनेश चौधरीले जानकारी गराउनु भएकाृे छ ।

 

मेलालाई सभ्यभव्य रुपमा सम्पन्न गर्नको लागि विभिन्न उपसमिति बनाई जिम्मेवारी बाँडफाँड गरिएको जानकारी सँस्थाको सचिव सुर्य प्रसाद पाठकले अवगत गराउनु भएको छ ।


कोलिय राज्य बुद्द मावली क्षेत्र विकास समितीको आयोजनामा सञ्चालन हुने मेलामा विभिन्न जातजातिको भेषभुषा, पहिरन सहितको झाँँकी पर्दशनी र विभिन्न स्थलहरु रहने साथै पन्चेबाजागाजाको साथमा मेला उदघाटन गरिने सस्थाका वरिष्ठ उपाध्यक्ष इन्द्र पाण्डेले बताउनु भयो ।

Latest Update