Tuesday, September 08

Latest Update :

सांग्रिला बचत तथा त्रण सहकारीले वीमा जनचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

वीमा जनचेतना कार्यक्रम सम्पन्न
image

दिव्यान्युज,तिलोत्तमा 
आज मिति २०८३ वैशाख २५ गते शुक्रबार को दिन सांग्रिला बचत तथा क्रण सहकारीले एक दिने बीमा साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

 


 तिलोत्तमा १०, मैनहवा स्थित उक्त साकोसले सोेहि स्थानमा अवस्थित बालकेन्द्रको सभाहलमा कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा सहकारीका सञ्चालक समितिका पदाधिकारीहरु, कर्मचारीहरु र शेयर सदस्यहरुको उपस्थिति रहेको थियो । ३५ जना सहभागी रहेको कार्यक्रममा तालिम प्रश्चात साकोसका सल्लाहकार भेजनाथ कुवर, नाथु प्रसाद जोगि थारुले बीमाप्रतिको सकरात्मक धारणा व्यक्त गरेका थिए ।

 

 

साकोसका कर्मचारी सुनिता वि.क.ले ३ वर्ष पहिला हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडमा बीमा गराएका थिए । वि.क.केही समय अगाडि दुरघटनामा परेका थिए सोहि कार्यक्रमको अवसर पारेर उपचार वापत खर्च रु.८३,७०० को चेक वि.क.लाई हस्तान्तरण पनि गरिएको कार्यक्रम संयोजक कवंरले जानकारी दिए । 

 

सहकारीका अध्यक्ष दिनेश कवंरको अध्यक्षता, हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड खैरेनी शाखाका शाखा प्रबन्धक दिनेश चौधरीको प्रशिक्षण तथा प्रमुख आतिथ्यता र साकोसका व्यवस्थापक कपिल कवंरको सञ्चालनमा सक्षरता कार्यक्रम सम्पन्न भएको हो ।

Latest Update