२०८१ बैशाख १६ आइतबार Sunday, April 28

ताजा अपडेट :

आनन्द बजारमा स्थायी सशस्त्र प्रहरी बल (बिओपी) को उद्घाटन 

image

कञ्चनपुर(झलारी)
कञ्चनपुरकको दक्षिणी क्षेत्र पुर्नवास नगरपालिका ४ आनन्दबजारमा शसस्त्र प्रहरीे बोडर आउट पोष्ट  (बिओपी) को मंगलवार बिधिवत रुपमा उद्घाटन भएको छ । 
सीमा विवाद हुदा भारतीय सीमा शुरक्षा बलको गोली लागेर शहिद गोविन्द गौतमले सहादत प्राप्त गरे देखिनै आनन्द बजारमा सशस्त्र प्रहरी बलको अस्थायी पोष्ट निरिक्षकको नेतृत्वामा स्थापना गरिएको थियो । 

 

पोष्टको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी शुसिल बैद्य, सशस्त्र प्रहरी बल बैद्यनाथ बाहिनी अत्तरीयाका निमित्त बाहिनी पति बरिष्ठ उपरिक्षक भीम बहादुर थापा र पूर्नवास नगरपालिकाका नगर उप प्रमुख सारदा शर्मा बिष्टले संयूत्त रुपमा उद्घाटन गर्नु भएको छ ।
 

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी बैद्यले कैलालीको अधिकांस क्षेत्रमा सीमा सर्भे टोलीले कार्य पुरा गर्न थालेको र कञ्चनपुरमा यस बर्ष सीमा सर्भेको कार्य आधा सक्ने उहाँले बताउनु भयो । सीमा क्षेत्रमा देखिने विवाद दुवै देश विचको छलफल बाट हल हुने बताउनु भयो ।

 

कैलालीको अधिकांस क्षेत्रमा सीमा सर्भे टोलीले कार्य पुरा गर्न थालेको र कञ्चनपुरमा यस बर्ष सीमा सर्भेको कार्य आधा सक्ने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी शुसिल बैद्य
 

 

सीमा क्षेत्रमा हुने अनैतीक क्रियाकलाप रोक्नका लागि शसस्त्र प्रहरी बलको एक्लैको प्रयासले संभव नहुने भएकाले सबै स्थानिय वासीहरुको सहयोगको खाँचो रहेको बरिष्ठ उपरिक्षक भीम बहादुर थापाले बताउनु भयो । शसस्त्र प्रहरी बल नहुदा स्थीती र शसस्त्र प्रहरी बल हुदाको स्थीती यहाँका स्थानीयले अनुभुत गर्ने छन उहाँले भन्नु भयो । 
 

पूर्नवास नगरपालिकाका नगर उप प्रमुख सारदा शर्मा बिष्टले सशस्त्र प्रहरी बलको पोष्ट स्थापना भएपछि खुला नाकामा हुने मानव वेचविखन, लागुपदार्थ ओसार पसार र तस्करीको कार्य रोकिने बताउनु भयो । बिओपी पोष्टका लागी जमिन र भबन निर्माण कार्यका लागी सहयोग गर्न नगरपालीका तयार रहेको उहाँले बताउनु भयो ।
 

पोष्ट सशस्त्र प्रहरी बल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुर मातहत रहने नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरीका सशस्त्र प्रहरी उपरिक्षक बिनोद प्रशाद श्रेष्ठले वताउनु भयो । कञ्चनपुरमा अव आनन्दबजार सहित चारवटा पोष्ट स्थापना भएको उहाँले वताउनु भयो । 
 

पोष्टको स्थापना भएपछि स्थानियमा शान्ती सुरक्षाको अनुभुति भएको स्थानिय श्रोतबहादुर मल्लले वताउनु भयो । पहिले भारतीय एसएसबि नेपाल भित्र पसेर नेपाली नागरिकलाई बिभिन्न खालका तनाबहरु दिन्थे शसस्त्र प्रहरीको पोस्ट वसेपछि अहिले तनाव कम भएको छ उहाँले भन्नु भयो ।