२०८१ बैशाख १६ आइतबार Sunday, April 28

ताजा अपडेट :

थारु महिलाहरुको स्वतन्त्रताको प्रतिक चराई पर्व सिसैयामा मनाइयो

image

थारु संस्कृति अनुसार महिलाहरुको स्वतन्त्रताको प्रतिकका रुपमा मनाईदै आईरहेको चराई (चरै÷चिरै) पर्व यस वर्ष कञ्चनपुरको सिसैयामा सोमबार विषेश कार्यक्रम आयोजना गरि मनाइएको छ ।
  


  “सस्कृति वचाभए, कुरिती हटाभए, निर्झल समाज वनाभए, राना थारु समुदायके राज्यमे सुचीकृत कराभए” भन्ने मुलनाराका साथ सोमवार वेदकोट नगरपालिकाको सिसैयामा चराई मिलन कार्यक्रम २०७५ भव्यताका साथ मनाइएको होे । वेदकोट नगरपालिकाको प्रायोजन र नेपाल राना थारु समाज वेदकोट नगर समितिको आयोजनामा थारुजातीको लोप हुदै गइहेको थारु सस्कृतीको संरक्षण सम्वद्धन, विकास र विस्तार गर्न चराई मिलन कार्यक्रमको आयोजना गरिएको वेदकोट नगरकार्यपालिकाका वरिष्ठ सदस्य भजनसिह रानाले वताउनु भयो ।
    


      राना थारु समुदायको विशेष होली पर्वको अन्तीम दिन अर्थात होली पर्वको विदाई सगै थारु समुदायको सस्कृतिको सामाजिक र धार्मिक महत्व वोकेको यस चराई पर्वको वारेमा सवैलाई जानकारी गराउन यस वर्ष कञ्चनपुरमा पहिला पटक चराई मिलन कार्यक्रमको आयोजना गरिएको वरिष्ट सदस्य रानाले वताए  ।


कार्यक्रमका प्रमुख अतिथी संघिय सासद तथा प्रतिनिधी सभा सदस्य नारदमुनी रानाले आदीवासी जनजाती थारु समुदायले मनाउने चराई पर्वको शुभकामना दिदै थारु समुदायका विभिन्न धार्मिक तथा सास्कृति महत्व वोकेको थारु जातीको पहिचानको रुपमा रहेको पर्वको संरक्षणमा युवापिढीले विशेष भुमिका निर्वाह गर्नु पर्र्ने वताउनु भयो ।


हरेक वर्ष चैत्र महिनाको अन्तमि साताको समयमा यो पर्व पर्ने भएकोले पुरानो वर्षलाई विदाई र नया वर्षको आगमनको स्वागतका रुपमा थारु समुदायहरुले देवीको पुजाआजा गरी यस चराई पर्वलाई वनभोजको रुपमा मनाउने प्रचलन रहेकोले यसको धार्मिक महत्व समेत रहेको प्रतिनिधी सभा सदस्य रानाले वताउनु भयो । उहाले आउदै गरेको नया वर्ष २०७६को शुभकामना दिदै यस वर्ष राना थारु समुदायको सुचीकृतको वर्षको रुपमा रहने समेत जिकिर गर्नु  भयो । 
 


यसै गरी कार्यक्रमका विशिष्ट अतिथी तथा संविधान सभा सदस्य कृपाराम रानाले थारु संस्कृतिको संरक्षण तथा जर्गेनाका लागि सरकार संबेदनशील हुनुपर्ने वताउनु भएको छ । तराईका भुमीपत्रको रुपमा रहेका थारु समुदायको आफ्नै किसिमको सस्कृती  र सस्कार रहेको छ । जस मध्ये पनि नेपालकै दुई वटा जिल्ला कैलाली कञ्नपुरमा मात्र वसोवास गर्ने रानाथारुको वेग्लै पहिचान रहेकोले सरकारले यि समुदायलाई अलगै सुचीकृत गर्न अनुरोध गर्नु भयो ।


कार्यक्रममा प्रदेश सदस्य लाल वहादुर खडका, वेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्द लगायतका विशिष्ट व्यक्तृत्वहरुको समेत सहभागिता रहेको थियो ।
    


विभिन्न थारु सांस्कृतिक झलकका साथै परिकार बनाई खाने र खुवाउने प्रचलन रहेको यस पर्वलाई स्थान विशेषअनुसार चराई, चिरै, चरै, चिरै भजहरको नामले समेत मनाइन्छ । बस्ती भन्दा पर खाली ठाउँमा सामूहिकरुपमा भेला भई महिलाहरुले मनाउने यस पर्वमा पुरुषहरुको केवल सहयोगी भूमिका मात्रै रहने गर्दछ ।