२०८१ बैशाख १९ बुधबार Wednesday, May 01

ताजा अपडेट :

अबैध ७८ पेटी मार्वल वरामत

image

कञ्चनपूर(झलारी)

कञ्चनपुरको पुर्नवास नगरपालिकाको वडा नम्वर ८ र ९ पर्ने खड्डा घाट नजिकै अवैध रुपमा नेपाल भित्रीदै रहेको ७८ पेटी मार्वल सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट आनन्दबजारको गस्ती टोलीले वरामत गरेको छ ।

करीव एक लाख वरावरका भुईमा विछ्याउने २ वर्ग फिटका टायल मार्वल नजिकैको भारतिय सहर पलियावाट राजस्व छलेर नेपाल भित्राउदै गरीरहेको अवस्थामा बरामद गरेको पोष्टका निमित्य प्रमुख त्रिभुव विष्टले जानकारी दिनु भयो ।

वरामद गरिएको र्मावल सशस्त्र प्रहरी बल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरी बुझाईएको विष्टले वताउनु भयो । उद्घाटनको भएको एक साता नवित्दै सशस्त्र प्रहरी बोर्डर आवट पोष्ट आनन्द बजारको ठुलो उपल्बधी लिन सफल भएको छ ।