२०८१ बैशाख २१ शुक्रबार Friday, May 03

ताजा अपडेट :

विप्लव समुहका कृष्णपूर नगर सेक्रेट्री पक्राउ

image

कञ्चनपुर(झलारी)
 कञ्चनपुरको कृष्णपुर नगरपालिकाका नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समुहका  रामप्रसाद भट्टलाई प्रहरीले शुक्रवार राती पक्राउ गरेको छ ।
नगर सेक्रेट्री भट्टलाई कृष्णपुरकै रैकवार क्षेत्र बाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरिक्षक रमेशदत्त अबस्थीले जनाकारी दिनु भयो ।
 पक्राउ परेका भट्टको साथ बाट पार्टी संगठनको योजना र संगठन विस्तार बारे उल्लेख गरिएको डायरी र पार्टीको सिद्धान्त बारेका किताव समेत बरामद गरेको निरिक्षक अवस्थीले वताउनु भयो । 
कृष्णपुरकै क्रसर उद्योगमा केही साता अघि जेसिभीमा आगजनीमा संलग्नता भए नभएको बारे भट्ट संग सोधपूछको कार्य समेत शुरु गरिएको छ । भट्टलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा राखिएको छ ।