२०८१ बैशाख २६ बुधबार Wednesday, May 08

ताजा अपडेट :

मनोकान्क्षा पू्रा हुने भम्केस्वर धाम

image

कञ्चनपुर(झलारी)

कञ्चनपुरको  बेदकोट नगरपालिकामा धार्मीक एवं पर्यटकिय क्षेत्र थुप्रै छन् । बेदकोट नगरपालिकामा बेदकोट ताल, लिङ्गेस्वर, भम्केस्वर र सिद्धशिरोवर ताललयागतका पर्यटकीय स्थल छन् । बेदकोट–६ सिसैयामा पनि एउटा ताल र प्राचिन सिद्धबाबाको मन्दिर छ ।


यो ताल हेर्न लायक छ । तालमा जमिन मुनिबाट आफै पानी फोका फोका भईमथि आएको दृष्य हेर्न पाइन्छ । त्यो दृष्यलाई त्यहाँ आउने भक्तजनहरु भन्दछन्, ‘यो दैविय शक्ति हो ।’ तालमा सतहबाट पानी फोकाफोका भएर आउने भएकाले यस ताललाई भम्का तथा भम्केस्वर पनि भन्ने गरिन्छ । यो तालमा पानीको कहिलै कमि भएको देखिदैन् ।


तालको नजिकैबाट ठूलो चौधर नदि बग्ने गर्छ । तर, दैविक शक्तिका कारण ताललाई कुनै असर नपरेको स्थानीय बताउँछन् । तालको पानी पनि सधै सफा देख्निछ । तालको पानीले नहाउँदा चर्म रोग लगायतका अन्य रोगदोख निको हुने धार्मीक विश्वास रहेको बेदकोट नगरपालिका वडा नं. ६ का अध्यक्ष फट्टे रानाले बताए ।


‘पहिले थारु समुदायको गाईगोरु बिरामी हुदा होस् या घरमा कुनै व्यक्ति बिरामी भयो भने भम्केश्वर तालमा पुग्थे, थारु समुदायको रक्षकको रुपमा भम्केश्वर ताललाई मान्छि,’ उनले भने । थारु समुदायले घरमा कुनै व्यक्ति बिरामी हुँदा तालको छेउमा गएर दुध र चामल चडाउने गरेको अध्यक्ष रानाले बताए । ‘केही वर्ष अगाडी तालमा नाग देवताको बास थियो, यहाँ जनसंख्या बृद्धी भएपछि नागले यो ठाउँ छोडेको स्थानीय बुढापाका बताउँछन्, अहिले कहिले काही मात्र तालमा नाग सर्प देखिन्छ,’ उनले भने । थारु समुदायका व्यक्ति माघे संक्रान्तिको दिन बिहान यो तालको पानिमा नुहाउन वढि आउने गर्दछन ।

 

तालको पानी पनि सधै सफा देख्निछ । तालको पानीले नहाउँदा चर्म रोग लगायतका अन्य रोगदोख निको हुने धार्मीक विश्वास रहेको बेदकोट नगरपालिका वडा नं. ६ का अध्यक्ष फट्टे रानाले बताए ।


 

हाल भम्केस्वर धाममा प्रायः हिन्दु धार्मीक पर्वको बेला पुजाआजा भइरहन्छ । यहाँ पौष मसान्तको राती भजनकृतन हुन्छ । बिहान वर्तबन्धन गर्ने श्रद्धालु वढि आउने गरेको मन्दिर व्यवस्थापन समिति सदस्य लक्ष्मीसिंह महताले वताए । तालको सरसफाई हुन थालेपछि भम्केश्वर तालमा नुहाउन आउने पर्यटकको संख्या बढेको समितिका सदस्य नारायणदत्त भट्टले बताए ।


‘बेदकोट नगरपालिकाले यस क्षेत्रको विकास तथा प्रचारप्रसारमा जोड दिनुपर्छ, जसरी लिङ्गेस्वरको विकासमा नगरले काम गरिरहेको छ, त्यसरी यो भम्केस्वरका विकास गरे यहाँ थप पर्यटक ल्याउन सकिन्छ,’ उनले भने । भकेस्वरको क्षेत्रमा नगरले अन्र्तराष्ट्रय क्रिकेट स्टेडियम बनाउने काषर्् अगाडी बढाएको बताउँदै स्थानीय भोजराज वैजले क्रिकेट स्टेडियमले यहाँको विकास चाँडो हुनेमा विश्वास व्याक्त गरे ।


‘स्थानीय सरकारले विकास संगसंगै यो ठाँउमा हुने पार्यवरणलाई बचाउने तर्फ ध्यान दिन जरुरी  देखीन्छ, यो ठाँउमा दलदल छ, केही वर्ष अगाडी १०८ धारमा जल जाने संरचना निर्माण ग¥यो, दलदलले त्यो भाँसियो, अब बनाउँदा विज्ञको सल्लाह लिनुपर्छ,’ उनले भने । तालको संरक्षणमा नगरपालिका लागि परेको वडा अध्यक्ष रानाले बताए । ‘यस क्षेत्रलाई पनि नगरपालिकाले नगरको प्रमुख ४ वटा पर्यटकीय क्षेत्रमा समावेस गरेको छ, यहाँ धुनी घर तथा अन्य संरचन बनाउन १५ लाखको बजेट बिनियोजन गरिएको छ, यही आर्थिक वर्षमा काम हुन्छ,’ उनले भने ।