२०८१ बैशाख १५ शनिबार Saturday, April 27

ताजा अपडेट :

भीमदत्तका सामुदायिक विद्यालयलाई पूर्वाधारका कोटा वितरण

image

भीमदत्त नगरपालिकाका सामुदायिक विद्यालयहरुलाई भौतिक पूर्वाधार निर्माणका कोटा वितरण गरिएका छन् । भीमदत्त नगरपालिका नगर शिक्षा समितिको ७ औैं बैठकबाट कोटा वितरणको निर्णय गरिएको छ ।
संघ सरकारको सशर्त अनुदान अन्र्तगत आएका ती कोटा १६ विद्यालयलाई वितरण गरिएको छ । 
भीनपा आधारभूत माध्यमिक शिक्षा उप शाखाका स्रोत व्यक्ति भवानी प्रसाद पन्तले नगर प्रमुख सुरेन्द्र विष्टको अध्यक्षतामा बसेको नगर शिक्षा समितिको बैठकबाट  कोटा वितरणको निर्णय गरिएको जानकारी दिए ।
ती कोटामा विज्ञान प्रयोगशाला, आइसिटी सामग्री, ई पुस्तकालय लगायतका छन् ।
पञ्चकृत बैजनाथ मा।वि। बागफाँटा, महेश्वर मा।वि। सुकासाल र बैजनाथ सिद्धनाथ मावि मटेनाले आइसिटी अनुदाको कोटा पाएका छन् । आइसिटीमा कम्प्युटर, इन्टरनेट, कनेक्टिभिटी इक्युपमेन्टस र किट्सका लागि अनुदान दिने गरिएको छ । 
भृकुटी मावि महेन्द्रनगर, लक्ष्मी मावि बागफाँटा र बैजनाथ मावि नयाँ तिलकपुर माध्यमिक विद्यालय विज्ञान प्रयोगशालामा अनुदानका लागि छनौट गरिएका छन् । 
वनगाउँस्थित सत्यवादी मावि, सरस्वती मावि उल्टाखाम महुलिया, जनसेवा मावि हल्दुखाल र त्रिभुवन मावि तिलाचौरले पुस्तकालय स्थापना तथा व्यवस्थापनमा अनुदान पाएका छन् । 
यो अनुदान फिक्सिङ्ग, किताब खरिद तथा ई पुस्तकालय बनाउनु अनुदान दिने गरिएको छ । 
दशरथ मावि निम्बुखेडा, बैजनाथ आधारभूत विद्यालय वनकट्टी, त्रिवेणी आधारभूत विद्यालय ऐठपुरलाई गणित, विज्ञान र अंग्रेजी विषयको क्रियाकलापमा आधारित सामग्री किट्सका लागि अनुदान दिइएको छ ।
यसैगरी अमर सहित आधारभूत विद्यालय, बैजनाथ मावि महेन्द्रनगर र युवा वर्ष मावि तिल्केनीलाई पानी तथा स्वास्थ्य सरसफाई सहितको शौचालय निर्माणका लागि अनुदान प्रदान गरिएको छ ।
पञ्चकृत मावि बागफाँटा, सत्यवादी मावि बनगाउँ र भृकुटी मावि महेन्द्रनगर दुई कोठे भवन निर्माणका लागि पनि छनौट गरिएको छ ।