२०८१ बैशाख २१ शुक्रबार Friday, May 03

ताजा अपडेट :

धनगढीमा विद्यार्थी भर्ना अभियान

विद्यालय प्रति अभिभावकको अपनत्व नै छैन ः नगरप्रमुख
image

धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले सामुदायीक विद्यालय प्रति अभिभावकको अपनत्व नै नरहेको बताएका छन् ।
बिहीबार धनगढी उप–महानगरपालिका ४ मा रहेको तुलसीराम राष्ट्रिय माध्यमिक विद्यालयमा विद्यार्थीहरुलाई निःशुल्क पाठ्यपुस्तक वितरण गर्दै विद्यालयको पढाई गुणस्तरण सुधार गर्नका लागि स्थानीय अभिभावकहरुको अपनत्वको भावना हुनुपर्ने बताए ।

छोराछोरीलाई झोला बोकाएर विद्यालय पठाउनु मात्रै अभिभावको दायीत्व होईन नगरप्रमुख वडले भने, शिक्षकले पढायो पढाएन छोराछोरी पढेकी पढेनन् भनेर पनि बुझ्नुपर्छ ।
नगरप्रमुख वडले धनगढी उप–महानगरपालिकाले पढाईको गुणस्तर सुधार गर्नका लागि दण्ड र पुरस्कारको निति समेत लिने बताए । उनले भने, राम्रो गर्ने विद्यालय र शिक्षकलाई पुरस्कार र नराम्रो गर्नेलाई सहयोग घटाउने छौं । नगरप्रमुख वडले विद्यालय बाहिर रहेका विद्यालय उमेरका सबै बालबालिकाहरुलाई विद्यालयमा भर्ना गराउन आफै अभियानमा खटिएको बताए ।

 

छोराछोरीलाई झोला बोकाएर विद्यालय पठाउनु मात्रै अभिभावको दायीत्व होईन नगरप्रमुख नृपबहादुर वड
 

 

सोही कार्यक्रममा नगरप्रमुख नृपबहादुर वडले पाँच जना र धनगढी उप–महानगरपालिका ४ का वडा अध्यक्ष दिपक थापाले पाँच जना बालबालिको भविभावकत्व ग्रहण गरेका थिए । नगरप्रमुख वडले पुरन चौधरी, रितीक चौधरी, मिरा गुप्ता, आर्यन चौधरी र आयूस चौधरीको अभिभावकत्व ग्रहण गरेको थिए । वडा अध्यक्ष थापाले दली बहादुर वली, विक्रम वली, आर्यन चौधरी, कनैया चौधरी र आनन्द चौधरीको  अभिभावकत्व ग्रहण गरेको थिए ।