२०८१ बैशाख १५ शनिबार Saturday, April 27

ताजा अपडेट :

कञ्चनपुरमा काँग्रेस–नेकपाका कार्यकर्ताविच कुटाकुट

image

कञ्चनपुर,  कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोकेबजारमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र सत्ताधारी नेकपाका कार्यकर्ताविच झडप भएको छ ।

 

जिल्लाका पुनर्वास र बेलौरी नगरपालिकाको नगरसभा उद्घाटन गर्न धनगढी हुँदै डोकेबजार भएर कञ्चनपुर आउन लागेकी खानेपानी मन्त्री बिना मगरलाई कालोझण्डा देखाउन डोकेबजार पुगेका काँग्रेसका नेता, कार्यकर्ता र नेकपाका कार्यकर्ताविच झडप भएको हो । दोहोरो झडपमा परि दुवै पक्षका सात जना घाईते भएका छन् ।

 

नेपाली काँग्रेस क्षेत्र नम्बर १ का पुर्व सभापति समेत रहेका काँग्रेस नेता हरेन्द्र विष्ट (होसियार)ले आफु सहित चार जना काँग्रेस कार्यकर्ता घाईते भएको बताए । उनका अनुसार विक्रम चन्द, कृष्ण बहादुर चन्द र काँग्रेस क्षेत्र नम्बर १ का सभापति गोपी प्रशाद उपाध्याय घाईते भएका छन् । यता नेकपाले आफ्ना तीन कार्यकर्ता घाईते भएको जनाएको छ ।

 

नेकपाका नेता दिपक तिम्लिसिनाले झडपमा परि बल बहादुर तामाङ्ग, सुरेश अधिकारी र गुड्डु धामी घाईते भएको बताए । दुवै पार्टीले घाईतेहरुको धनगढीका सेती अञ्चल र मायामेट्रोमा उपचार भईरहेको जनाएका छन् ।

 

काँग्रेस नेता हरेन्द्र विष्टले मन्त्रीले आफ्नो क्षेत्रमा भारतीय हस्तक्षेप हुँदादेखि हावाहुरी पीडितका लागि केही नगरेको आरोप लगाउदै बिरोध स्वरुप कालोझण्डा देखाउने क्रममा सत्ताधारीले आक्रमण गरेको दावि गरेका छन्, भने नेकपाका नेता तिम्लिसिनाले मन्त्रीको स्वागतमा गएका आफ्ना नेता कार्यकर्तामाथी काँग्रेस कार्यकर्ता खनिएको आरोप लगाए ।

 

घटनाको विषयलाई लिएर दुवैपक्षविच आरोप प्रत्यारोप चलेको छ । काँग्रेसले मन्त्रीलाई कामै नगरेको आरोप लगाईरहेका बेला सत्ताधारी नेकपाले क्षेत्र नम्बर १ मा विकास गर्दा काँग्रेस चिढिएको आरोप लगाएका छन् । नेकपाले बिनातुक काँग्रेसले यस अघि पनि मन्त्रीलाई कालोझण्डा देखाएको बताउदै, प्रमुख प्रतिपक्षीको रचनात्मक भूमिका निर्वाह गर्न सुझाव दिएको छ ।

 

आफुलाई लोकतान्त्रिक भन्ने कार्य अलोकतान्त्रिक गर्ने परिपार्टी अन्त्य गर्न समेत नेकपाले काँग्रेसलाई सुझाव दिईरहेका बेला, काँग्रेसले भने, क्षेत्र नम्बर १ बाट निर्वाचितले जनताको हितमा कामै नगरेको आरोप लगाउदै, जनताको काममा होमि आग्रह गरेको छ ।

 

काँग्रेसले बेलौरीमा पनि बिरोध गरेका थिए । उल्लेख सुुरक्षाकर्मी परिचालन गरेका कारण दुवै पक्षविच दुखत दुर्घटना टरेको छ । डोकेबजारको घटनालाई कञ्चनपुर प्रहरीले अनुसन्धान भईरहेको जनाएको छ ।

 

कञ्चनपुरका प्रहरी प्रवक्ता ज्ञान बहादुर विष्टले घटना बारे अध्ययन भईरहेको बताए । घटनाको विषयलाई लिएर नेकपा र काँग्रेस जिल्ला नेतृत्वले समेत चासो व्यक्त गरेको छ । पार्टीको निर्देशन अनुसार कालोझण्डा हो वा, हाईन भन्ने विषयमा काँग्रेस र किन कालोझण्डा देखाईयो भन्ने विषयमा नेकपाले अध्ययन गरिरहेको जनाएको छ ।