२०८१ बैशाख १७ सोमबार Monday, April 29

ताजा अपडेट :

शुक्लाफाँटा नगरपालिकाकाे पाँचौ नगर सभा

आगामी आर्थिक वर्ष २०७६/७७ का लागि ५६ करोड ७९ लाखको वजेट प्रस्तुत
image

शुक्लाफाँटा, शुक्लाफाँटा नगरपालिकाले अगामी आर्थिक वर्ष २०७६/७७ का लागि ५६ करोड ७९ लाख बढी अनुमानित बजेट पाँचौ नगर सभामा पेश गरेको छ ।

 

मंगलबार भएको नगर सभामा बजेट वक्तव्य पेश गर्दै नगर उपप्रमुख तुलसीदेवी हमालले चालू आर्थिक वर्षका लागि नगरपालिकाले ५६ करोड ७९ लाख ९१ हजार २ सय ५० रुपैयाँ अनुमानित बजेट विनियोजन गरेको बताइन् ।

 

उनले प्रस्तुत गरेको बजेट वक्तत्व अनुसार नगरपालिकाको वित्तीय समानिकरण अनुदान संघ सरकारबाट १४ करोड २७ लाख, वितिय समानिकरण सशर्त अनुदान संघ सरकारको १४ करोड २६ लाख, राजश्व बाँडफाँड संघ सरकारबाट ११ करोड ३७ लाख, प्रदेश समानिकरण अनुदान ७३ लाख ९७ हजार, प्रदेश सरकारबाट प्राप्त राजश्व बाँडफाँड ६१ लाख ४६ हजार, क्षेत्रीय शहरी विकास कार्यक्रम २ करोड १३ लाख, सामाजिक सुरक्षा अनुदान ६ करोड ९५ लाख ४० हजार अनुमान गरिएको छ ।

 

त्यस्तै तराई मधेस समृद्धि कार्यक्रम ५० लाख, प्रधानमन्त्री रोजगार कार्यक्रम ५० लाख ४१ हजार, समपूरक अनुदान संघिय सरकारबाट २ करोड ४९ लाख ७५ हजार रुपैयाँ बजेट अनुमान गरिएको छ ।

 

यसैगरि विशेष अनुदान प्रदेश सरकार ४२ लाख, गरिबसँग विशेश्वर कार्यक्रम ३ लाख ९४ हजार, सडक बोर्ड ३४ लाख ९८ हजार २ सय ५० रुपैयाँ र चालु आर्थिक वर्षको मौज्दात २ करोड १५ लाख रुपैयाँ आय अनुमान गरिएको छ । अगामी आर्थिक वर्ष २०७६/७७ लागि नगरपालिकाको  चालु र पुँजीगत खर्च २९ करोड १४ लाख ४३ हजार रुपैयाँ छुट्याएको छ ।