२०८१ बैशाख १४ शुक्रबार Friday, April 26

ताजा अपडेट :

नियमित विद्युत शुचारु गर्न अल्टिमेटम 

image

कञ्चनपुर, सातादेखि कञ्चनपुरको विद्युत अनियमित भईरहेको थियो, छिनछिनमा काटिन लागेपछि यहाँका युवा र विद्यार्थीले विद्युत कार्यालयलाई पाँच दिने अल्टिमेटम दिएका छन् ।

 

सत्ताधारी नेकपाका युवा र विद्यार्थी संगठनले सोमबार नेपाल विद्युत प्राधिकरणलाई नियमित विद्युत गर्नका लागि अल्टिमेटम दिएका हुन् । नेकपा निकट अखिल क्रान्तिकारीका नेता कैलाशचन्द्र गिरीले विद्युत कार्यालय वितरण केन्द्रमा संयुक्त रुपमा ज्ञापन पत्र बुझाएको बताए । उनले विद्युतको नाटक बन्द गर्न समेत युवा र विद्यार्थीले चेतावनी दिएको बताए ।

 

अखिल क्रान्तिकारीका नेता बिरेन्द्र राज विष्ट, अनेरास्ववियुका नेता ओम बस्नेत र युवा संघका नेता प्रविन बोगटीद्वारा हस्ताक्षरित गरिएको ज्ञापन पत्रमा आवश्यक लोडसेडिङ्ग र विद्युत कटौतीको समस्या समाधान गर्नका लागि आग्रह गरिएको छ । अखिल क्रान्तिकारीका नेता बिरेन्द्र राज विष्टले जनतालाई पीडादिने हिसाबले छिनछिनमै भईरहेको विद्युत कटौती गर्दा उपभोक्तालाई परेको समस्याबारे विद्युतमा अवगत गराएर नियमित गर्न सुझाव दिएको बताए ।

 

अनेरास्ववियुका नेता ओम बस्नेतले विद्युतले गरेको चरम लार्पबाही गर्दा उपभोक्ता मारमा परेको बताए । उनले विद्युत कर्मचारीले बहाना बनाएर विद्युत कटौती समस्या भएको बताए । ‘अहिले गर्मी छ, अहिले नै विद्युत चाहिन्छ, ‘उनले भने, ‘यतीबेलै विद्युत कटौती भईरहेको छ ।’ विद्युत कटौती हुँदा सबै क्षेत्र मारमा पर्दै गएका छन् । जिल्लाभरीको विद्युत नियमित गर्नका लागि समेत युवा विद्यार्थी नेताहरुले सुझाव दिएका छन्