२०८१ बैशाख १५ शनिबार Saturday, April 27

ताजा अपडेट :

कञ्चनपुरका तीन ‘नमुना विद्यालय’

image

कञ्चनपुर, तीन सामुदायिक विद्यालय नमुना विद्यालय भएका छन् । तीनै निर्वाचन क्षेत्रमा तीन सामुदायिक विद्यालयलाई सरकारले नमुना विद्यालय घोषणा गरेको हो ।

 

 शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले क्षेत्र नम्बर १ बेलौरीको जननमुना विद्यालय, क्षेत्र नम्बर २ को महाकाली मावि गुलरिया र क्षेत्र नम्बर ३ भीमदत्त नगरपालिका १८ को महेन्द्रनगर माध्यामिक विद्यालय (साधारण)लाई नमुना विद्यालयमा घोषणा गरिएको छ ।

 

उत्कृष्ठ नतिजा एव शैक्षिक गुणस्तरमा भूमिका निर्वाह गरेको भन्दै मन्त्रायले नमुना विद्यालय घोषणा गरेको हो ।महेन्द्रनगर माध्यामिक विद्यालय (साधारण) का अध्यक्ष विरेन्द्र राज विष्टले नमुना घोषणा गरिए अनुसार काम गरिने बताए । उनले नमुना अनुसार विद्यालय पनि संचालन गर्ने प्रतिबद्धता जाहेर गरे । ‘हामी साच्चिकै नमुना नै विद्यालय बनाउँछौँ, ‘अध्यक्ष विष्टले भने, ‘यसमा सरकारले गरेको काम खेर जानदिनेवाला छैन् ।’ आफ्नो विद्यालयलाई नमुना विद्यालय घोषणा गरेकोमा सरकार, शिक्षा मन्त्री, कर्मचारी, शिक्षक, अभिभावक एव सरोकारवाला निकायलाई अध्यक्ष विष्टले धन्यवाद ज्ञापन गरेका छन् ।