२०८१ बैशाख १६ आइतबार Sunday, April 28

ताजा अपडेट :

उपकरण चोरीको घटनामा महरा सहित ३ जना दोषि ठहर

image

भुवन भट्ट/कञ्चनपुर, कञ्चनपुरको महेन्द्रनगर बजार क्षेत्रबाट गत पुस महिना चोरी गरीएका ३० लाख बढीका उपकरणको मुद्धामा जिल्ला अदालत कञ्चनपुरले कसुर निर्धारण गरेको छ ।

 

महेन्द्रनगर बजार क्षेत्रबाट ४ पसलहरुका सटर टोडि गत पुस महिना उपकरण चोरीको मुद्धाको जिल्ला अदालत कञ्चनपुरले झलारीका राम बहादुर महरा सहित तिन जनालाई दोषि ठहर गरेको हो । जिल्ला अदालत कञ्चनपुरका न्यायधीस डा. राजेन्द्र कुमार आर्चायको एकल ईजलासले बजार क्षेत्रबाट चोरीएका उपकरणको मुख्य नाईके रामबहादुर महरा सहित सरोज बिष्ट र मोहन पाण्डेलाई बुधबार दोषि ठहर गरेको छ ।

 

उनिहरुले गत पुस महिना महेन्द्रनगर बजारको बिभिन्न ४ क्षेत्रबाट करीब ३० लाख बढीका उपकरण चोरी गरेको जिल्ला अदालत कञ्चनपुरको ठहर छ । जिल्ला अदालतका श्रेष्तेदार हरी कृष्ण अबस्थिले ३ जनालाई दोषि ठहर गरीएको बताउदै उनले २ जनालाई भने निर्दाेष ठहर गरीएको जानकारी दिएका छन् ।

 

नागाअर्जुन फोटो स्टुडियोका सँचालक हेमराज भट्टले गत बैसाखमा बेल्डाडी बाट क्यामेरा सहित एकजना लाई नियन्त्रणमा लिएका थिए । तर उत्त क्यामेराको बिषयमा भने अदालतले ठोष निर्णय दिन सकेको छैन । विषेश सुराखिका आधारमा नागार्जुनका सँचालक भट्टले महेन्द्रगर बाट बेल्डाडी पुगेको बताए ।

 

उनले बेल्डाडी पुग्दा नागार्जुन फोटो स्टुडियोको छाप भएको क्यामेरा चलाईरहेका अन्ताजी १८ वर्षिय रमेस महरालाई नियन्त्रणमा लीई प्रहरीको जिम्मा लगाएका बताए । बयानका क्रममा रमेश महराले आफुलाई राम बहादुमहरालेनै नागार्जुनकै क्यामेरा लगेर अन्य ६ ठाउमा पनि भिडियो खिच्न पठाएको बताएका थिए । प्रहरीले उत्त क्यामेरा जिल्ला अदालत कञ्चनपुरलाई बुझाएको थियो ।

 

तर अदालती कसुर निर्धाणका समयमा न्यायधिवक्ता आर्चायले उत्त क्यामेरा मगाउन आदेश दिए पनि अन्य कर्मचारीले भने क्यामेरा केहि दिनका लागि उपलब्ध गराउन नसक्ने भन्दै आदेशको अपहेलना गरेका थिए । अहिले उत्त क्यामेराको विषयमा कुनै जानकारी प्राप्त हुन सकेको छैन् । अदालतले उत्त क्यामेरा केहि दिनमा पेस गरीने जनाएको छ ।

 

गत पुसमा पसल धनीहरुको किटानि जाहेरीका आधारमा कञ्चनपुर प्रहरीले सुरज बिष्ट लाई नियन्त्रणमा लिई अनुशन्धान अघि बढाएको थियो । प्रहरी बयानका क्रममा सुरज बिष्टले आफुसहितका ३ जनालाई चोरीका लागि अर्के पक्षबाट आदेश दिईएको बताएका थिए ।

 

महेन्द्रनगरको गल्ली नम्बर ३ स्थीत किङ्ग डिजिटल भिडियोग्राफि एंण्ड मोबाईल ग्यालरी बाट गत पुस ८ गते सोनि को भिडियो क्यामेरा, निकोनको क्यामेरा गरी दुई वटा क्यामेरा , २ वटा क्यामेराका चार्जर , २ ब्याट्रि , २ फल्यास र सेमसुमको १ मोबाईल चोरी भएका थिए । त्यस्तै गल्ली नम्बर ५ स्थीत नागार्जुन फोटो स्टुडियो बाट गत पुस १८ गते सोनि को २ थान भिडियो क्यामेरा , २ थान फोटो खिच्ने क्यामेरा , ब्याट्रि , चार्जर र नगद १८ हजार गरी करिब साढे ८ लाख बराबरका सामान चोरी भएका थिए ।

 

महेन्द्रनगरको वस पार्क नजीक स्थीत एबिसि ईन्टरप्राईजेज बाट पनि १५ लाख बराबरका उपकरण चोरी भएका थिए । जिल्ला अदालयतका श्रेष्तेदार हरी कृष्ण अबस्थिले अदालती बयानका क्रममा यस अघि नै अभियुक्त सरोज बिष्टले आफुलाई शुक्लाफाटा नगरपालीकाका स्थाई घरमा भएका झलारी र बाणिमा एउटै नामले पसल थापेका कृष्णमोबाईल ग्यालरीका सँचालक रामबहादुर महराले सामान चोर्न लगाई कृष्णपुर मगाएको बताएका हुन् । जिल्ला अदालयत कञ्चनपुरले बुधबार ३ जना लाई कसुर निर्धारण गरेपनि सजाय भने ३० गते निर्धारण गरीने जनाएको छ ।