२०८१ बैशाख १६ आइतबार Sunday, April 28

ताजा अपडेट :

नेपाली काँग्रेसको शुक्लाफाँटामा जागरण अभियान शुरु

image

भु समाचारा/झलारी,४ भदौ ।
 नेपाली काँग्रेस शुक्लाफाँटा नगरकार्यसमिति आयोजनामा शुक्लाफाँटा वार्ड नं १२ वाटशुरु भएको जागरण अभियान कार्यक्रम वुधवार वार्ड नं ३ र ४ ँमा सम्पन्न गरिएको छ । जनजागरण अभियानमा कार्यकर्ताहरुले पार्टिलाई सुधार्न विभिन्न सुझाव दिने गरेका छन् भने महासमिति सदस्य र नगरकार्यसमितिका पदाधिकारी हरुले सुझावहरु संकलन गर्दै आफ्ना प्रतिवद्धता व्यक्त गरेका छन् ।   कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका महासमिति सदस्य कल्पना पन्तले  नेपाली काँग्रेसलाई सुधार्न गाउँ गाउँबाट कार्यकर्ताहरुले दिएका सुझाव ग्रहणयोग्य रहेको बताउनुभयो । उहाँले पार्टिलाई नयाँ दिशा र उर्जा दिनकै लागि जागरण अभियान शुरु भएको बताउनु भयो । उहाँले इमान्दारिता,कर्तब्य निष्टाका साथ आपसी मतभेद छोडि एक जुट हुन् सके काँग्रेस देश कै प्रमुख शक्ति हुने दाबि गरे,राज्य को तीन तहमा  कमुनिष्ट को बहुमतको सरकार हुदा नेपाली जनताले भ्रस्टाचार,महंगी, हत्या हिंसा,कर आतंक लगाएत का दुख सहनु परेको प्रमुख अतिथि पन्तले बताईन । 
  

कार्यक्रममा महासमिति सदस्य लाल बहादुर सिंह महाधिबेसन प्रतिनिधि दुर्गा प्रसाद भट्ट ,क्षेत्रीय सभापति दल बहादुर बोहरा,किसान संघ केन्द्रिय सदस्य  सेर बहादुर साउद ,ट्रेड युनियन काँग्रेस सुदुरपस्चिम प्रदेश अध्यक्ष सिद्दराज भट्ट,क्षेत्रीय सचिब करन सिंह ऐर ,किसान संघ जिल्ला अध्यक्ष भैरब सिंह ऐर ,नेपाली काँग्रेस जिल्ला सदस्य सुरेश चौधरी ,वडा न ९ का वडा अध्यक्ष रमेश बहादुर ऐर ,लगाएत को उपस्थिति रहेको वडा सभापति भिम दत्त पन्त ले बताए । जनजागरण अभियान वडा बासि दाजु भाई संग भेट घाट बिकास निर्माण को जल्दोबल्दो अवस्था संगै संगठन भित्रका समस्या को पहिचान एबम समस्या समाधान को खोज को दरिलो माध्यम बनेको छ जनजागरण ले जनतामा सकारात्मक प्रभाब देखापरेको नगर सभापति जय बहादुर बिष्ट ले बताए ।