२०८१ बैशाख २५ मंगलबार Tuesday, May 07

ताजा अपडेट :

बिध्यार्थी आन्दोलनको साख जोगाउने जिम्मेवारी हाम्रो हो

image

स्वतन्त्रता र राजनितिक अधिकार प्राप्तिको आन्दोलनबाट सुरु भएको नेपाली बिध्यार्थी आन्दोलनले आजको मितिसम्म आइपुग्दा बिशाल बलिदानको सगरमाथा निर्माण गरेको छ।जुन बलिदानका कारण आज नेपाल संघीय लोकतान्त्रीक गनतन्त्रात्मक राज्य बनेको हो।हिजो आधारभुत मानब अधिकारबाट बन्चित नेपाली समाजमा आज बिश्वका कयन बिकसित र सभ्य भनिने मुलुकको भन्दा बढि अधिकार नेपाली जनताले पाएका छन।हुकुमी जहानिया राणाशासन,एकदलिय पन्चायत प्रणाली,पटक-पटकका शाही कू वा निरङ्कुश राजतन्त्रन्त्रात्मक शासन ब्यबस्थाको बिरुद्धमा क्रान्तिको शंखघोष गरी ठुलो बलिदानपुर्ण संघर्ष र निकै निष्ठापुर्बक क्रान्ति सफलीभुत पारेको दृष्टान्त हाम्रो सामु ताजै छ।तत्कालिन नेपाल प्रजापरिषद सदस्स्य त्रिचन्द्र क्याम्पसका बिध्यार्थी अमर सहिद गङ्गालाल श्रेष्ठको सहादत र उहाको रगतबाट जन्मेका तत्कालिन समयका असङ्गठित बिध्यार्थी आन्दोलन जसले राणाशासन बिरुद्ध लड्ने शाहस देखाए।२००४ को जयतु संस्कृतम आन्दोलन लगायत नेपाल र भारतमा स्थापित केही बिध्यार्थी आन्दोलनले बिध्यार्थी अधिकार र आम स्वतन्त्रताको बिषयमा आवाज संगठित गर्दै गर्दा २००६ सालमा स्थापना भएको अखिल नेपाल बिध्यार्थी फेडेरेसन(अ.ने.बि.फे.)को स्थापना भयो।यो नै नेपालको पहिलो संगठित बिध्यार्थी संगठन थियो।

अ.ने.बि.फे.देखि आजको मितिमा अस्तित्वमा रहेका अनेरास्वबियू, नेबिसंघ, नेक्राबिसंघ लगायत अन्य बिभिन्न संघसंगठन र सबै बिध्यार्थीको साझा संस्था स्वतन्त्र बिध्यार्थी युनियनले आ-आफ्नो भुमिका निर्बाह गर्दै आएका छन।इतिहासमा राजनितिक दललाई प्रतिबन्ध लगाउदा पार्टीकै भुमिका समेत बिध्यार्थी आन्दोलनले खेलेको पाइन्छ।आफ्नो बिगतलाई फर्केर हेर्दा बिध्यार्थी आन्दोलनले आफ्नो आज सम्मको जीवनको ठुलो समय राजनितिक ब्यबस्था परिबर्तनमै खर्चेको छ।प्रजातन्त्रको स्थापना-२००७,झापा बिद्रोह-२०२८,जनमत संग्रह-२०३६, बहुदलीय ब्यबस्था-२०४६,महान जनयुद्ध-२०५२,संघीय गणतन्त्र स्थापना-२०६२/६३ र संविधानसभाबाट नया संविधानको निर्माण-२०७२ यी सबै उपलब्धिमा बिध्यार्थी आन्दोलनले महत्वपुर्ण भुमिका खेलेका थिए।कयन हाम्रा अग्रजहरुले सहादत प्राप्त गरे।कयन अङ्ग भङ्ग भएका छन।केही आजको मितिमा पनि ब्यपत्ता पारिएका छन।धेरैले आफ्नो सम्पुर्ण जीवन राजनिति/समाजसेवामै सुम्पेका छन।बिध्यार्थी आन्दोलनको कुर्बानी र बलिदानको जगमा नै आज हामी यो ठाउमा पुगेका हौ।यो आन्दोलनको बिरासतलाई नजरअन्दाज गर्ने कुचेच्टा कहि कतैबाट हुन्छ भने त्यो दिवास्वप्न मात्रै हुनेछ।हो,हाम्रो भुमिका केही कमजोर बनेको छ।तर हिजो र आजको बिध्यार्थी आन्दोलनको जिम्मेवारी निकै फरक पनि हो।हिजो हामी अधिकार प्राप्तिको लडाईमा थियौ।तर आज सबै अधिकार प्राप्त भएको स्थितिमा छौ।मात्रै अबको बाटो बिकाश र सम्बृद्धिको हो।अबको हाम्रो कर्म पनि यही बाटोमा केन्द्रीत हुनु पर्दछ।बिकाश र सम्बृद्धीको बलियो आधार नै शिक्षा हो।शिक्षा बिना सम्बृद्धि सम्भव छैन।बिध्यार्थी आन्दोल्लनको प्रमुख एजेण्डा नै शैक्षिक प्रणालीमा सुधार ल्याउनु हो।

त्यसकारण अबको बिध्यार्थी आन्दोलनको मुख्य कार्यभार नै प्रगतिशील शैक्षिक प्रणाली मार्फत मुलुकलाई बिकसीत र सम्बृद्ध बनाउनु हो।अबको आन्दोलन रचनात्मक हुनुपर्दछ।ढुङ्गामुडा गर्ने ,टायर जलाउने,बन्द हड्ताल गर्ने,शैक्षिक संस्थामा ताला बन्दी र तोड्फोड अबको हाम्रो मिसन कदापी हुनु हुदैन।जसरी हाम्रा अग्रजहरुले यो आन्दोलनलाई आम नागरिकको आशा, बिस्वास र भरोसा बनाएका थिए।ब्यबस्था परिबर्तनका हरेक चरणमा बिध्यार्थी आन्दोलनलाई जनताको सच्चा पहरेदार,देशभक्तिपुर्ण आन्दोलनको एक कुशल अभियन्ता,सामाजिक /सास्कृतिक रुपान्तरणको मियो र शैक्षिक सुधारको सतिसाल बनेको बिध्यार्थी आन्दोलन कुनै पनि हालतमा डगमगाउने वा बाटो बिराउने होइन अबिछिन्न अगाडि बढ्नु पर्दछ।मुलुकलाई आर्थिक र सामाजिक रुपान्तण न नगरी हामी समानता र न्यायको प्रत्याभुति दिलाउन सक्दैनौ। त्यसका लागि माटो सुहाउदो मौलिक शिक्षा प्रणाली आवस्यक छ।हामी प्राकृतिक श्रोत साधनले निकै धनि मुलुक हौ।

 

जल, जमिन, जंगल, जडिबुटी, पर्यटन, संस्कृति मौलिक सभ्यता हाम्रा अमुल्य निधि हुन।यीनीहरुको भरपुर प्रयोग गर्ने मोडेलको रोजगारमुलक, सीपमुलक,प्राबिधिक तथा ब्यबहारिक शिक्षा आजको आवस्यकता हो।अबको बिध्यार्थी आन्दोलन यी सवालसहरुमा केन्द्रीत हुनुपर्दछ।तब मात्रै हामी समाजबादको गन्तब्यमा पुग्न सक्छौ।र हाम्रो शिक्षाले बिश्व बजारमा प्रतिस्पर्धा गर्न सक्द्छ।हाम्रा बिश्व बिध्यालयहरु सुधारौ।परम्परागत बैङ्किङ शिक्षा प्रणालीबाट सिकाईने ज्ञानले बिध्यार्थी सक्षम बन्न सक्दैनन।सिकाई सहभागितामुलक हुनुपर्दछ।यो भुमिका अबको हाम्रो पुस्ताले खेल्न सक्नु पर्दछ।इतिहासले हामीलाई सुम्पेको जिम्मेवारी पनि यही हो।सम्पुर्ण जालझेल, खुरापात, कालाबजारी,गुट्बन्दी,भ्रष्टाचारको चङ्गुल बाट बिध्यार्थी आन्दोलनलाई मुक्त गराई बिश्व परिबेशको समिक्षा गरी निष्ठा र सत्कर्मको बाटोमा बिध्यार्थी आन्दोलनलाई अगाडि गति प्रदान गरौ।

 

बिध्यार्थी आन्दोलनको सवालमा बजारमा जे जस्ता अपबाह ओकल्दैछ्न।यो स्थिति किन शृजना हुदैछ।समिक्षा गरौ।बिध्यार्थीका एजेडा नभुलौ।बिध्यार्थी आन्दोलनको नेता संगठन भर्खरै एकताबाट अझै बिशाल र बलियो बनेको अनेरास्वबियू,र नेबिसंघ लगायत अन्य संघसंगठनहरुलाई यो बिषयको गहिरो बोध हुन जरुरी छ।बिध्यार्थी आन्दोलनको औचित्यको बिषयमा पार्टीका जिम्मेवार नेताहरु प्रश्न गरिरहेका छन। जसको राजनितिक करियर यही आन्दोलनबाट स्थापित भएको थियो।के बिध्यार्थी आन्दोलनको चरित्रमा बद्लाब आएको हो?के हामी युगिन परिबर्तन सङ्गै चल्न वा गति लिन नसकेको हो?समिक्षा गरौ।त्रुटि कहाबाट हुदैछ।ठोस कार्ययोजना सहित अगाडि बढौ।पुन: बिध्यार्थी आन्दोलन र यसको औचित्य आम बिध्यार्थी र जनसमुदायलाई बोध गराऔ।इतिहासको बिरासत बोक्ने जिम्मा हाम्रो हो।त्यसका लागि हामी हरदम तयार छौ।अभिबादन।

माधब पन्त साबिक अनेरास्वबियु शैक्षिक बिभाग प्रमुख।