२०८१ बैशाख २० बिहीबार Thursday, May 02

ताजा अपडेट :

दुईदिने राजकीय भ्रमण पूरा गरेर फर्किए राष्ट्रपति सी

image

प्रभु समाचार, काठमाडौं २६ असोज,। दुईदिने राजकीय भ्रमण पूरा गरी चीनका राष्ट्रपति सी जिनपिङ स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले विदाइ गरेकी थिइन् । राष्ट्रपति सीको विदाइका लागि उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीसमेत विमानस्थल पुगेका थिए । राष्ट्रपति सीको बिदाइमा नेपाली सेनाले विशेष सम्मानसमेत अर्पण गरेको थियो । राष्ट्रपति सीको भ्रमणको क्रममा नेपाल–चीनबीच २० समझदारीपत्रमा हस्ताक्षरसमेत भएको छ । त्यस्तै सीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए । भ्रमणकै अवसरमा चिनियाँ कम्युनिस्ट पार्टी र सत्तासीन नेपाल कम्युनिस्ट पार्टीबीच छलफल पनि भएको थियो ।