२०८१ बैशाख २० बिहीबार Thursday, May 02

ताजा अपडेट :

डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते

image

प्रभु समाचार,झलारी २७ असोज, डोटीको दिपायल बाट शिखर नगरपालिका वडा नं ६ तिजाली चुँडी  का लागी छुटेको ग १ज ६१७० नम्बरको बोलेरो  जिप दुर्घटनामा एक जनको ज्यान गएको छ । सोमबार राती करिब तिन बजे तिजाली चुँडी नजिक दुर्घटना हुँदा शिखर नगरपालिका वडा नं ५ का गाडी चालक केशव ओझाको घटना स्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । जिपमा सवार अन्य ४ जना घाईते भएका छन् ।  गाडीसडक बाट करिब दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटना कसरी भयो भन्नेबारे अझै कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक कर्ण बोहराले जानकारी दिए  ।