२०८१ बैशाख १५ शनिबार Saturday, April 27

ताजा अपडेट :

शुक्लाफाँटमा हात्ती आतंक स्थानीयबासी त्रासमा

image

   प्रभु समाचार,झलारी २७ असोज,कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको पारिफाँटामा हात्तीको बथानले आइतवार राती पाँच बिघा खेतमा लगाएको धानबाली सखाप पारेको छ । शुक्लाफाँटा राष्टिूय निकुञ्ज हुँदै बस्तीमा छिरेको हात्तीको बथानले १५ बढी स्थानीयको धान बाली कुल्चेर नष्ट पारेको हो ।   ३० देखी ३५ को संख्यामा आएका हात्तीले पाकेर काट्नै लागेको धानबालीमा क्षती पु¥याएपछी शुक्लाफाँटा नगरपालीका – ८ का स्थानीय चिन्तीत बनेका छन् ।

हात्तीले गए राती पुरैधान कुल्चेको स्थानीय रमेश साउदले बताए। भारतको दुधुवा राष्टूीय निकुञ्ज हुदै कञ्चनपुर प्रवेश गरेको हात्तीको बथान कञ्चनपुरका वनमा घुम्ने गरेको शुक्लाफाँटा राष्टूय निकुञ्जका प्रमुख लक्ष्मण प्रसाद पौडेलले बताए । विगत केही वर्षदेखि कञ्चनपुरका वनमा हात्तीले आतंक मच्चाउन सुरु गरेको बताउदै उनले हात्ती नियन्त्रणका प्रयास गरीए पनि नसकिएको बताए । उनले सर्तक रहन स्थानीयलाई आग्रह समेत गरेका छन् । हात्तीको आतंकले रातभरी जाग्राम वस्ने गरेको वडा अध्यक्ष बहादुर महराले बताए । उनले बिगत केही दिनदेखि हात्ती प्रवेश गरेका बताउदै जंगल आसपासका स्थानीयहरु सँग रातभरी जाग्राम बसेर हात्ती धपाउने प्रयास गरीएको बताए । तर आईतवार राति आएको हात्तीको ठुलो बथानले खेतमा प्रवेश गरेपछि भने नियन्त्रण गर्न नसकेको वताए । 

महीना दिनअघि भारतको दुधुवा नेशनलपार्कबाट यहाँ पुगेका हात्तीको झुण्डले शुक्लाफाँटा नगरपालिकामा २ सय ७१ परिवारको ८० बिघा बढी क्षेत्रफलमा लगाएको धानबाली नोक्सानी गरेकोे नगरप्रमुख दिलबहादुर ऐरले बताउनुभयो । हात्तीको आतङ्कबाट पुरै नगरपालिकाका बासिन्दा त्रासमा छन, उहाँले भन्नुभयो, धानबाली खाएर सखाप त पा¥यो नै स्थानीय बासिन्दाको ज्यान जोगाउन निकै सकस भएको छ । स्थानीवासीको जीउधनको सुरक्षा गर्नका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई सजग गराइएको नगर प्रमुख ऐरले वताउनु भयो  । शुक्लाफाँटमा एक सातादेखि साँझ नपर्दै जङ्गली हात्तीको झुण्ड खेतमा छिर्न थालेपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको शुक्लाफाटा राट्रिय निकुञ्ज नजिका बासिन्दा अनिदोमै रात बिताउन बाध्य भएका छन् ।

पाकेर काट्नै लागेको धानबाली जोगाउनका लागि स्थानीय बासिन्दा अनिदोमै रात काट्न वाध्य भएका छन् । पुरै गाउँका बासिन्दाले होहल्ला गर्दै पटका पड्काउने, गरे पनि हात्ती खेतमा छिरेर धानबाली सखाप पार्ने गरेको छ । रातभर अनिदो रहने बासिन्दा दिउँसभर सुत्ने गरेका छन् । पटाका पड्काउने र आगो देखेर तर्सेर भाग्ने गरेका हात्तीको झुण्ड तर्सनसमेत छाडेको शुक्लाफाटा नगरपालिका वार्ड नम्बर ५ का वार्ड अध्यक्ष कमलराज गिरिले वताए । हात्तीको झुण्डले शुक्लाफाँटा नगरपालिकाको वडा नं ५ मा सवै भन्दा वढी क्षति गर्ने गरेको छ । ईलाका प्रहरी कार्यालय झलारीको तथ्याङ्क  अनुसार विगत १ महिनाको अवधीमा शुक्लाफाँटा नगरपालिकाको वडा न ८ को पिल्लरी,पारिफाटा र भमरभोजमा ६० परिवारको ४० विघा, वार्ड नं. ५ मा ३० परिवारको ४ विघा, वार्ड नं ३ मा ७ परिवारको १७ विघा, वार्ड नं. ७ मा ७ परिवारको २ विघा वार्ड नं.११ मा २ परिवारको १० विघा  सहित वार्ड नम्बर १२ का दर्जनौँ बासिन्दाको धानबाली नोक्सानी गरेको  छ ।