२०८१ बैशाख १६ आइतबार Sunday, April 28

ताजा अपडेट :

सिकलसेल एनेमिया रोकथाम सम्बन्धि अन्तरक्रिया तथा छलफल 

image

रेडियो प्रभु/झलारी- शुक्लाफाँटा नगरपालिकाको झलारीमा सिकलसेल एनेमिया रोकथाम सम्बन्धि एकदिवसिय अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भयो ।

 

आईतबार थारु आयोगको आयोजनामा झलारीको रमाईलो रेष्टुरेन्टको सभाहलमा भएको उक्त कार्यक्रममा कैलाली र कञ्चनपुरका प्रदेश सभा सदस्य, नगर प्रमुख, उप(प्रमुख, गाउँपालिकाका अध्यक्ष, विभिन्न संघसँस्थाका प्रतिनिधि, भेरी अञ्चल अस्पतालका डाक्टर, थारु आयोगका पदाधिकारीहरको सहभागिता रहेको कार्यक्रममा सिकलसेल रोग, यसका लक्षण, उपचार विधि लगायतका विषयमा छलफल भएको हो । 

 

छलफल कार्यक्रममा डा. राजन पाण्डेले सिकलसेल रोग सम्बन्धि जानकारी दिँदै पश्चिम नेपालमा विशेषतः थारु जातिहरुमा स्वास्थ्य समस्याका रुपमा रहेको सिकलसेल एनिमिया सबै समुदायमा देखिएको तर थारु समुदायमा बढी देखिएको बिटा थालेसिमियाबाट धेरै व्यक्तिहरु आक्रान्त भएको बताए । रोग र यसको कारणबारे थाहा नहुँदा भ्रममा परि झारफुक, गुरुवा तथा अन्य मेडिकल उपचारमा रुमल्लिएर कतिले मृत्युवरण गरेको वताए । वंशाणुगत रुपमा लाग्ने यो रोग विवाह पूर्व केहि सावधानी अपनाउन सकेमा पूर्णरुपमा निर्मूल गर्न सकिने वताए । जसका लागि स्थानिय सरकार, प्रदेश सरकार र केन्द्र सरकारले राजनीतिक प्रतिबद्धता जनाउनुपर्नेमा जोड दिए । उक्त कार्यक्रममा बोल्दै डा. प्रज्ञा गौतम घिमिरेले सिकलसेलका विरामी जाँच गर्नाका निमित्त स्थानिय स्वास्थ्य सँस्थादेखि मेडिकल कलेजसम्म उपकरणहरु उपलब्ध गराई यसको सहि सदुपयोग गर्नाका लागि एउटा चेन बनाएर काम गर्न सकियो भनेँ मात्रै सफल हुने वताईन् ।

 

 यस्तै कार्यक्रममा शुक्लाफाँटा नगरपालिकाका मेयर दिल ब. ऐरले गत आर्थिक वर्षमा रु. ३ लाख र यस आर्थिक वर्षको पाँचौँ नगर सभाबाट रु. ६ लाख वजेट विनियोजन गरिएको बताए । उक्त कार्यक्रममा थारु आयोग २०७४ बारे समेत चर्चा गरिएको थियो भनेँ सिकलसेल र थालेसेमिया सम्बन्धि सहभागिहरु मार्फत उठाईएका जिज्ञासा र प्रश्नहरुको जवाफ दिँदै थारु आयोगका अध्यक्ष विष्णु प्रसाद चौधरीले रोग पूर्ण निर्मूल गर्नाका निमित्त स्थानिय स्तरसम्म आयोग पुग्न नसक्ने भएकोले स्थानिय तहहरुले नै विशेष ध्यान दिनुपर्ने बताए ।

 

विष्णु प्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य विरमान चौधरी प्रमुख अतिथि रहेका थिए भनेँ शुक्लाफाँटा नगरपालिकाका मेयर दिल बहादुर ऐर, जिल्ला समन्वय समितिका सदस्य वलराम जोशी, वेदकोट नगरपालिकाकी उपमेयर शुसिला चन्द, लालझाडी गाउँपालिकाका अध्यक्ष मदन सिँह वडायक, कैलाली गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरी र कृष्णपुर नगरपालिकाका वार्ड अध्यक्ष जयनारायण जोशी अतिथिमा रहनुभएको थियो । उक्त कार्यक्रमको सञ्चालन थारु आयोगका शाखा अधिकृत जागुराम चौधरीले गर्नुभएको थियो ।