२०८१ जेठ ८ मंगलबार Tuesday, May 21

ताजा अपडेट :

नेवाः देय् दवुको २४औँ स्थापना दिवस

बौद्धिक अपांगता भएका बालबालिकालाई पाठ्यसामग्री र फलफूल वितरण ।।
image

कञ्चनपुर ।
नेवाः देय् दवुको २४ औं स्थापना (बुदिं) दिवसको अवसरमा नेवाः देय् दवु बेलौरी नगर कार्यसमितिले बौद्धिक अपांगता भएका बालबालिकाहरूलाई पाठ्यसामग्री र फलफूल वितरण गरेको छ । महाकाली माध्यमिक विद्यालय अन्तर्गतको बौद्धिक अपांगता स्रोत कक्षा बेलौरीमा रहेका बालबालिकालाई पाठ्यसामग्री र फलफूल वितरण गरिएको नेवाः देय् दवुका सचिव सुरज श्रेष्ठले जानकारी दिनुभयो ।


जनजाती महासंघका केन्द्रीय परिषद् सदस्य बीर बहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुलाई पनि माया र हौसला दियो भने उनीहरुले पनि भविश्यमा केही गर्न सक्छन् भन्ने उद्देश्यले पाठ्यसामग्री र फलफूल वितरण गरिएको नेवाः देय् दवु बेलौरी नगर कार्यसमितिका अध्यक्ष विजयालक्ष्मी श्रेष्ठले बताउनु भयो ।