२०८१ बैशाख १८ मंगलबार Tuesday, April 30

ताजा अपडेट :

बैतडीको मेलौली ३ मलेनाका एक स्थानीयद्वारा वडा कार्यालय र स्वास्थ्य चौकीका लागि जग्गादान ।।

image

हरिश चन्द्र बाग, बैतडी । 
बैतडीको मेलौली नगरपालिका वडा नं. ३ मलेनाका एक जना स्थानीयले वडा कार्यालय र स्वास्थ्य चौकीका लागि जग्गा दान गर्नुभएको छ । मलेनाका समाजसेवी खुइल सिंह ठगुन्नाले लगभग १० रोपनी जग्गा दान गर्नुभएको हो । सम्बन्धित क्षेत्रका व्यक्तिहरुको शुक्तबार बसेको एक भेलाकै बीचमा ठगुन्नाले १० रोपनी जग्गा दान गर्ने बचन दिनुभएको शिक्षक प्रतिनिधि एवं स्थानीय वासी भुपेन्द्र ठगुन्नाले बताउनु भयो । 

 

मेलौली नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष रघुबीर सिंह भाटले जग्गा दान गर्नुहुने खुइल सिंह ठगुन्नालाई धन्यवाद ज्ञापन गर्नुभएको छ । सोही भेलामा वडा अध्यक्ष भाटले अब छिट्टै कानुनी प्रकृयामा गई सबैलाई पायक पर्ने गरी वडा कार्यालय स्थापना गरिने बताउनु भयो । स्थानीय तहको निर्वाचन भएको झण्डै डेढ वर्ष पुगिसक्दा पनि हाल सम्म वडा नं. ३ का वासिन्दाले वडाबाट पाउने सेवासुविधा लिन वडा नं. २ सलेनामा सञ्चालित संयुक्त वडा कार्यालयमै पुग्नु पर्ने बाध्यता रहेको छ ।