२०८१ बैशाख १८ मंगलबार Tuesday, April 30

ताजा अपडेट :

पत्रकार महासंघको वार्षिक साधारण सभा : भ्रष्टाचार बिरुद्ध शसक्त भएर कलम चलाउनु पर्नेमा जोड ।।

महासंघको नव निर्मित भवनको उद्घाटन ।।
image

पहिलाद राना, कञ्चनपुर ।

नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरको वार्षिक साधारण सभा सम्पन्न भएको छ । मंगलबार महासंघको भीमदत्त नगरपालिका–१८ महेन्द्रनगर स्थित आफ्नै नवनिर्मित भवन परिसरमा १८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो । वार्षिक साधारण सभामा बोल्ने वक्ताहरुले श्रमजिवी पत्रकारले अझैपनि उचित पारिश्रमिक नपाएको गुनासो पोखेका छन् ।

 

पछिल्लो समयमा पत्रकारका नाममा भईरहेको विकृती रोक्न समेत महासंघले कदम चाल्नु पर्नेमा सुझाव आएको छ । पत्रकार भन्दैमा जे पायो, त्यही खेल्ने अनि अरुको चरित्र हत्या गर्ने यस्ता असामाजिक काम रोक्नु पर्ने र भ्रष्टाचार मुक्त समाज र पारदर्शीताका लागि शसक्त भएर कलम चलाउनु पर्नेमा वक्ताहरुले जोडदिएका थिए । पछिल्लो समयमा अख्तियारको प्रतिवेदन र अन्य जनगुनासाका आधारमा भ्रष्टाचार बढ्दै गएकोले त्यसलाई मिडियाका तर्फबाट रोक्नका लागि इमान्दारितापुर्वक, निष्पक्ष, बिनापुर्वाग्रही ढङगबाट शसक्त भएर अघि बढ्नुपर्नेमा जोडदिएका हुन् ।

 

कार्यक्रममा नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका पुर्व उपाध्यक्ष एवं केन्दीय पार्षद अशोक पाण्डेले स्वागत मन्तव्य राख्दै पत्रकारले आफ्नो अचारसंहिता अनुसार अघि बढ्नु पर्नेमा जोड दिए । न्यूनतम पारिश्रमिक निर्धारण समितिका पुर्व अध्यक्ष खेम भण्डारीले हरेक पत्रकारले इमान्दारितापुर्वक व्यवसायिक रुपमा निष्पक्ष ढङ्गबाट समाजमा भईरहेका विकृती, भ्रष्टाचार बिरुद्ध शसक्त भएर कलम चलाउनुपर्नेमा जोडदिए ।

 

नेपाल पत्रकार महासंघ कञ्चनपुरका पुर्व अध्यक्ष हरि प्रसाद जोशीले महासंघकै भवन निर्माणको विषयमा उठान गरे । यसैगरी अर्का पुर्व अध्यक्ष लक्ष्मण तिवारीले व्यवसायिक ढङ्गबाट अघि बढ्नुपर्नेमा सुझाव दिए । नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय उपाध्यक्ष कर्णदेव भट्टले कञ्चनपुर पत्रकार जन्माउने उर्बराभूमि भएको बताउदै उनले व्यवसायिकता र गुणस्तरितामा जोडदिए ।

 

यस्तै अर्का पुर्व केन्द्रीय उपाध्यक्ष चित्राङ्ग थापाले इमान्दारितापुर्वक पत्रकारिता गर्नुपर्नेमा सुझाव दिए । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका महासचिव योगेश रावल र अध्यक्ष अर्जुन शाहले देशभरीकै शाखा मध्ये बढी समस्या रहेको कञ्चनपुर शाखाले गौरब गर्न नहुने तर्क गरेका थिए । उनीहरुले शाखामा २६३ भन्दा बढि सदस्य रहेपनि न्यून उपस्थिति प्रति चिन्ता व्यक्त गरे । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य श्याम भट्टले व्यवसायिक, इमान्दारितापुर्वक पत्रकारिता गर्न सुझाव दिए । 

 

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आर्चायले संचार क्षेत्र अध्ययन अनुसन्धानका विषय बन्नु पर्नेमा जोडदिए । अध्यक्ष आर्चायले ६५ बर्षे इतिहास बोकेको महासंघले पत्रकारको व्यवसायिक हित, क्षमता अभिबृद्धि र कार्यदक्षका लागि सरोकारवालासंग पहल गरिरहेको बताए । उनले पत्रकार नेता नै रहेको संचारगृहबाटै श्रमजिवी पत्रकार पीडित रहेको बताउदै श्रमजिवी पत्रकारलाई पारिश्रमिक दिलाउन महासंघले अनुगमन गर्नुपर्नेमा जोडदिए । नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका अध्यक्ष विष्णु अवस्थीको अध्यक्षताका भएको साधारण सभाको उद्घाटन समारोहमा विभिन्न सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधी, जिल्लाभरीका पत्रकारको सहभागिता रहेको थियो ।

 

  • नव निर्मित महासंघको भवनको उद्घाटन ।।

 

नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरको नवनिर्मित भवनको समेत उद्घाटन गरिएको छ । महासंघ शाखा कञ्चनपुरको १८औँ वार्षिक साधारण सभाको अवसरमा उद्घाटन गरिएको हो । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोबिन्द आचार्यले रिबन र शिलालेख अनाबरण गरेर भवनको उद्घाटन गरेका थिए । भवनको उद्घाटन गर्दै अध्यक्ष आचार्यले भवनलाई पत्रकारमैत्री बनाउनुपर्नेमा जोडदिए । कार्यक्रममा भवन निर्माणमा सहयोग गर्ने दर्जनौँ व्यक्तित्वलाई सम्मान समेत गरिएको थियो । उनीहरुलाई प्रससापत्रका साथै दोसल्ला ओढाएर सम्मान गरिएको थियो । पुर्व सासद एव काँग्रेस नेता बहादुर सिह थापालाई समेत सम्मान गर्ने कार्यक्रम गरिएको थियो, तर उहाँको उपस्थिति हुन नसक्दा छुट्टै समयमा प्रसंसा पत्र र सम्मान प्रदान गरिने छ ।

 

कार्यक्रममा भीमदत्त नगरपालिका, जिल्ला समन्वय समिति कञ्चनपुर दुई सरकारी कार्यालयलाई सम्मान गरिएको थियो । यस्तै निर्मण व्यवसायी संघका बरिष्ठ उपाध्यक्ष निरन्जन प्रशाद भट्ट, कञ्चनपुर उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष गणेश दत्त जोशी, उदयदेव बहुउदेश्यीय सहकारी संस्था, समाजसेवी एव प्रतिष्ठित व्यवसायी दान सिह ठकुराठी, औषधी व्यवसायी एव समाजसेवी गजेन्द्रदेव लेखक, व्यवसायी एव समाजसेवी नारद पाण्डे, पवन सिह, मनिराम रावत, शालिग्राम खरेल, यस्तै बरिष्ठ निर्माण व्यवसायी पिके श्रेष्ठ, हेम महरालाई सम्मान गरिएको छ । यस्तै व्यवसायी एव मिडिया मञ्च नेपाल कञ्चनपुरका अध्यक्ष दिवान आग्री, पत्रकार  चित्राङ्ग थापा, लक्ष्मण तिवारी, राजेन्द्र केसी, गोकुल निरौलालाई पनि सम्मान गरिएको छ । रेडियो बेलौरी सहित कञ्चनपुरका ७ ओटा रेडियोलाई सम्मान गरिएको थियो ।

बन्दसत्र कार्यक्रममा नेपाल पत्रकार महासंघ कञ्चनपुरका सचिव अमर बहादुर चन्द र कोषाध्यक्ष चुडामणी अर्यालले प्रस्तुत गरेका क्रसम सांगठानिक एव आर्थिक प्रगति प्रतिवेदन पारित गरिएका थिए । बन्दसत्र समारोहका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मिन बमले महासंघका हरहिसाब किताब चुस्तदुरुस्त एव पारदर्शी राख्नुपर्नेमा सुझाव दिए । चालु आर्थिक बर्ष २०७५÷०७६ को मंसिर मसान्तमा भवन उद्घाटन भएसंगै महासंघका काम, कार्बाही कार्यालयबाट संचालन गर्न सहज हुनेछ । दुई सटर, एक हल, एक कोठा सहितको एकतले पक्की घर निर्माण भएको छ । कार्यालय भवन निर्माण संगै महासंघको गौरब बढेको अग्रज पत्रकारको भनाई थियो । कञ्चनपुरका पत्रकार भवन निर्माणसंगै हर्षित भएका छन् ।