२०८१ बैशाख १८ मंगलबार Tuesday, April 30

ताजा अपडेट :

बेलौरी नगरपालिका ७ गणेशपुर बरैयामा रहेको गणेश माविको ४१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस ।।

image

हरिश चन्द्र बाग, कञ्चनपुर ।
कञ्चनपुरको बेलौरी नगरपालिका वडा नं. ७ गणेशपुर बरैयामा रहेको श्री गणेश माध्यमिक विद्यालयले शनीबार आफ्नो ४१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मूल समारोह विविध कार्यक्रम गरी भव्यताका साथ मनाएको छ । 

 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धना ठगुन्नाको सभापतित्वमा सञ्चालित मूल समारोहमा गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक गजापति चौधरीले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । विद्यार्थीहरुका विविध सांस्कृतिक कार्यक्रमले सुभोवित मूल समारोहका बीच विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो भने विद्यालयलाई सहयोग गर्ने विभिन्न संघसंस्थालाई सम्मानित समेत गरिएको थियो ।  

 

४१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मूल समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीले विद्यालयको स्तरोन्नतिका लागि सक्दो सहयोग गर्ने बताउनु भएको छ । त्यस्तै, कार्यक्रमलाई सम्बोधन गर्ने अधिकांश वक्ताहरुले शैक्षिक गुण्स्तर र अभिभावकको चाँसो प्रति चिन्ता प्रकट गरेका छन् ।


प्रस्तुत छ, सोही कार्यक्रम सम्बन्धी तयार गरिएको एक भक्सपप...