२०८१ बैशाख १८ मंगलबार Tuesday, April 30

ताजा अपडेट :

दुईपक्षीय सहमतिपछि श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा लगाइएको ताला खोलियो ।।

image

हरिश चन्द्र बाग, कञ्चनपुर, ०२ कार्तिक ।
कञ्चनपुरको बेलौरीमा रहेको श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा नेपाली कांग्रेशले लगाएको ताला ६ दिन पछि हिजो खोलिएको छ । पूर्व सांसद एवं नेपाली कांग्रेशका महासमिति सदस्य दिवान सिंह बिष्टले बिरामीको उपचारमा लापरवाही गरेको भन्दै डा. अमित पण्डित माथि कुटपिट गरी डाक्टरको कार्यकक्षमा तालाबन्दी गरेपछि अवस्था तनावग्रस्त बनेको थियो ।


बुधबार काठमाण्डौँमा नेपाल चिकित्सक संघको पहलमा डा. पण्डित र पूर्वसांसद बिष्ट बीच भएको दुई पक्षीय सहमति पछि नेपाली कांग्रेशले विज्ञप्ती जारी गर्दै स्वास्थ्य केन्द्रमा लगाइएको ताला खोलेको हो । दुई पक्षीय छलफलमा पुर्वसांसद विष्ट आफैले घटना दुखद भएको र अब उपरान्त बेलौरीमा डाक्टरलाई सहज वातावरण बनाई सहयोग गर्ने र डाक्टरले उपयुक्त वातावरण पाएमा पुनः श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा फर्किई सेवा प्रदान गर्ने सहमति भएको थियो ।