गोली प्रहार गरेर प्रहरीले एक अपहरणकारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तिलोत्तमा नगरपालिका–१७ का २७ वर्षीय विशाल भनिने युवराज थारु छन् । १० वर्षीया बालिका अपहरण गरेर जंगलमा लुकाएको आरोपमा प्रहरीले उनलाई गोली प्रहार गरेर पक्राउ गरेको हो । उनलाई तिलोत्तमाकै कान्छिबजारस्थित जंगलमा गोली पक्राउ गरिएको हानेर पक्राउ गरिएको प्रहरीले बताएको छ । ३७ घण्टापछि बालिकालाई पनि सकुशल उद्धार गरिएको बुटवलका डीएसपी निशान्त श्रीवास्तवले बताए ।