२०८१ बैशाख २० बिहीबार Thursday, May 02

ताजा अपडेट :

दुर्गा बिरही र मोडेल नुना बि.सिले संगै पढेको स्कुलमा छायांकन गर्दा नुनाले आँसु झारे....

image

पछिल्लो समय गीत संगीतमा चर्चाको शिखरमा पुगेको एउटा नाम हो दुर्गा बिरही। नेपाली गीत संगीतमा नयाँ तथा पृथक छाप छोड्न सफल बिरहीको अत्यन्तै मार्मिक गीत लालुमै बादलुको घुम्टो सार्वजनिक भएको छ ।

आत्म विस्वाश फिल्मस् प्रालिको प्रस्तुतीमा निर्माण भएको उक्त गीतमा बाग्लुङ र पोखराको निकै उत्कृष्ट ठाँउ र आफ्नै जन्म भुमीमा संगै स्कुल पढेका याद झल्काउने कथा रहेको निर्देशक दुर्गा विरहीको भनाइ छ।

दुर्गा बिरहीको मर्मस्पर्शी शब्दहरु समेटेर सार्वजानिक भएको उक्त भिडियोमा धना परियार र दुर्गा बिरहीको स्वर रहेको छ ।

कृष्ण पाण्डेको छायांकन तथा रन्जना पौडेलको सम्पादन रहेको उक्त भिडियोमा दुर्गा बिरही र नुना बि.सीको अभिनय रहेको छ। आफ्नै शव्द संगीत तथा स्वर रहेको बिरहीको यो भिडियो अहिले युटुव मार्फत हेर्न सकिने छ । यस गितको भिडियो निर्देशन बिरही आफैले गरेका हुन् ।

छोटो समयमा निकै चर्चा बटुल्न सफल बहु प्रतिभाको धनी दुर्गा बिरहीका आफ्नै लय ,शब्द र स्वरमा यसअघि भत्किएको घर,सेक्सी देखिन्छौ,तिमी बस्ने मुटु,मायाको अमृत पिउन देउ,पर्देशीको पिडा,चेलिको बिचल्ली,मिलन हुँदा,यति धेरै सानूको माया,काठमाडौं झरियो,भन्छौ सानू के छ् खबर र उखान दोहोरी उखान युद्द जस्ता बोलका गीतहरु बजारमा आईसकेका छन् ।

https://www.youtube.com/watch?v=Fn0XvJpdFmo