२०८१ जेठ १ मंगलबार Tuesday, May 14

ताजा अपडेट :

भोकै भौँतारिरहेकालाई बाल सचेतना केन्द्रद्धारा निःशुल्क खाना

image

बाल सचेतना केन्द्र नेपालले कोरोना नियन्त्रणका लागि जारी लकडाउन र निषेधाज्ञाका कारण छाक टार्न नसकेका श्रमजीवी, विपन्न समुदाय, बेसहारा, अपाङ्ग व्यक्तिहरु र सडक बालबालिकाहरुलाई निःशुल्क खाना खुवाउने अभियान शुभारम्भ गरेको छ ।

गत चैतबाट कोरोना संक्रमणको जोखिम कम गर्न जारी भएको लकडाउन र निषेधाज्ञाका कारण धेरै जना हप्ता दश दिनभन्दा बढी समय भोकै बस्न बाध्य भए । सरकारले केही सहज गरे पनि उपत्यकामा दिनप्रति दिन ५ सय भन्दाबढी संख्यामा संक्रमित थपिने गरेकाले अझै पनि जोखिम कायम छ । तत्काल सामान्य अवस्था नहुने भएपछि बाल सचेतना केन्द्रले पनि कोरोनाका कारण खाना नपाएकाहरुलाई खोजी खोजी खाना खुवाउन थालेका छन् । हाल दैनिक करिव २ सय जनालाई खाना खुवाईरहेको छ । 

‘कोही भोको बस्नु पर्दैन, हामी कसैलाई भोको राख्दैनौ’ भन्ने उद्धेश्यले संचालन गरिएको अभियानले विशेषगरी बेसहारा र सडक बालबालिकाहरुलाई खाना खुवाएको संस्थाकी कोषाध्यक्ष शर्मिला उप्रेतीले जानकारी दिईन् ।  

साथै, सामाजिक व्यक्तित्वहरु, जन्मदिन र विशेष अवसरको समयमा समाजसेवी  मनहरुबाट सहयोगको अपेक्षा पनि आफुहरुले गरेको उनले बताईन् । देश तथा विदेशमा रहेका सम्पूर्ण सहयोगी मनहरुलाई उक्त अभियानमा सहयोग गर्न समेत अनुरोध गरेको छिन् ।

सम्पर्कका लागि :

बाल सचेतना केन्द्र
काठमाडौं ०६ , बौद्ध
फोन नम्बर : ९८५११२२५१६,९८४३०७२८१६,९८४१८१५१६८

Bank Acc.Number :142000338201 (Rastriya Banijya Bank, New Baneshwoer Branch )

childawareness@yahoo.com

cacnepal2019@gmail.com