२०८१ जेठ १ मंगलबार Tuesday, May 14

ताजा अपडेट :

छानविन समिति गठन स्वागतयोग्य, छानविनका लागि सहयोग गर्ने काँग्रेस नेता तस्बिर लामाको प्रतिबद्धता

image

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिकामा भ्रष्टाचार र आर्थिक अनियमितताको कुरा उठेपछि छानबिन गर्न गाउँपालीकाले समिति गठन गरेकोमा नेपाली काङ्ग्रेस भम्लु गाउँपालिकाले त्यसको स्वागत गरेको छ ।

पछिल्ला दिनहरुमा गाउँपालिकामा भ्रष्टाचार बढेको खबरहरु सार्वजनिक भएकाले गाउँपालिकाले आरम्भ गरेको प्रयासको सराहना गर्दै छानविनका लागि सहयोग गर्ने प्रतिबद्धता समेत जनाएको छ । 

भुम्लु गाउँपालिका नेपाली काङ्ग्रेसका नेता तस्बिर लामाले सत्यतथ्य सार्वजनिक गरी उपाध्यक्ष लगायत सम्पुर्ण जनमानसको माग सम्बोधन भएमा भुम्लुमा लोकतान्त्रिक अभ्यासको सुरुवात हुने बताउँदै परीणाम सन्तोसजनक नआयमा थप जनदबाब सृजना गरी सशक्त्त आन्दोलनमा उत्रीन समेत बाध्य हुने चेतावनी दिएका छन् । 

विषयको गहिराइमा गई सत्यतथ्य उजागर गर्न र सतहीरूपमा भेटिएका उजुरीका आधारमा कसैको आग्रह पूर्वाग्रहका आधारमा पत्राचार नगर्न गाउँपालीकालाई आग्रह गर्दै भ्रष्टाचार र आर्थिक अनियमितता भएको पाएमा त्यसको निष्पक्ष छानबिन गर्न पनि नेपाली काङ्ग्रेस भम्लु गाउँपालिकाले माग गरेको छ ।

गाउँपालिकाले भ्रष्टाचार र आर्थिक अनियमितताको छानबिन गर्न  केही समयअघि उपाध्यक्षको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो ।

हेरौं तस्बिर लामाद्धारा जारी विज्ञप्ती जस्ताको त्यस्तै 
तपाई सम्पुर्णमा नमस्कार जय नेपाल।

जनताले चाहे के नहुने रहेछ!!! व्यापक भस्टाचार बिरोधि जनदबाबलाई थेग्न नसकेर भुम्लु गा पा को ३ सदस्यीय छानबिन समिति गठन भएको भन्ने खबर स्वागतयोग्य भएतापनी, समितीमा नागरिक समाज, स्वतन्त्र पत्रकार सहित सर्बदलीय प्रतिनिधित्व नभैकन, (ने क पा पुर्ब ए मा ले बाट निर्बाचित जन प्रतीनिदी) एकपक्षीय रुपमा गठन भएको समीति दुधको साक्षी बिरालो, मुसाको दुलोमा सातुको थैलो जस्तो देखीयो।

तसर्थ सत्यतथ्य सार्वजनिक गरी उपाध्यक्ष ज्यु लगायत सम्पुर्ण जनमानसको माग सम्बोधन भएमा भुम्लुमा लोकतान्त्रिक अभ्यासको सुरुवात हुने थियो भन्दै यदी परीणाम सन्तोसजनक नआयमा थप जनदबाब सृजना गरी सशक्त्त आन्दोलनमा उत्रीन समेत बाध्य हुनेछौं।

हाम्रो अन्दोलन लाई सफल बनाउन सहयोग गर्नु हुने आम जनमानस, नागरिक समाज, पत्रकार, नेपाली काँग्रेस क्षेत्रीय कार्यसमिती तरुण दल काभ्रे जनसम्पर्क समिती काभ्रे लगायत सम्पुर्णमा कृतज्ञता ब्यक्त गर्दछु।

जय नेपाल भवदीय तस्बिर लामा प्रत्यासि भुम्लु गाउँ पालिका, नेपाली काङ्ग्रेस।