२०८१ जेठ २ बुधबार Wednesday, May 15

ताजा अपडेट :

समाजसेवी कुँंवरको अगुवाइमा रक्तदान कार्यक्रम,अभाव पूर्ति गर्न मद्दत पुग्ने विश्वास

image

चक्रपथ सरसफाइ अभियानको अगुवाइमा संचालित रक्तदान जिबनदान अभियानको दोस्रो हप्ताको कार्यक्रम सम्पन्न भएको छ ।

सांसद जीवन राम श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा २८ जना दाताले रक्तदान गरेका थिए । चक्रपथ सरसफाइ अभियानका संयोजक तथा नेपाल हेभी ईक्विपमेन्ट व्यवसायी महासंघका अध्यक्ष तारा बहादुर कँुवरले रक्तदाता तथा स्वास्थ्य कर्मी, सन्चारकर्मी लगाएत सह आयोजक सबैलाई धन्यवाद् व्यक्त गर्दै भदौ पहिलो सातादेखि जारी निषेधाज्ञाका कारण पूर्वनिर्धारित कार्यक्रमसमेत धमाधम स्थगन भएको तथा रक्तसञ्चार केन्द्रमा रगत अभावले बिरामी उपचारबाट बञ्चित हुनुपर्ने अवस्थाको अन्त्यका लागि कार्यक्रम गरिएको बताए ।

कोरोनाका त्रास र निषेधाज्ञाका बीचमा समेत आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर एक गरिएको कार्यक्रमबाट रगत सहज आपूर्ति नभएको र बिरामी प्रभावित भएको अवस्थामा कार्यक्रमले अभाव पूर्ति गर्न मद्दत पुगेको उनले बताए ।

जनताका समस्या र आवाजलाई सम्बोधनका लागि आगामी दिनमा समेत अप्ठ्यारो अवस्थामा अग्रभागमा रहेर काम गर्ने गरी योजना निर्माण गरिने उनको भनाइ छ । समाजसेवी कुँवरले कोरोना भाइरसको रोकथामका लागि सरकारले गरेको लकडाउनमा पनि आफ्नै व्यक्तिगत तर्फबाट ११ सय भन्दाबढीलार्ई राहत स्वरुप खाद्यान्न वितरण गरेका थिए ।