२०८१ बैशाख २१ शुक्रबार Friday, May 03

ताजा अपडेट :

 विजयनगर गाउपालिका को हरिबोध प्राविमा पत्रकार सम्मेलन

हरिबोध प्राविमा पत्रकार सम्मेलन
image

 

कपिलवस्तु /संवाददाता 

कपिलवस्तु को विजयनगर गाउँपालिका को आयोजना मा पत्रकार सम्मेलन हरिबोध प्राविमा सम्पन्न भएको छ । "सुन्दर एवम् समृद्ध बिजयनगरका लागि वृहत सान्स्कृतिक कार्यक्रम" मुख्य नारा सहित विजयनगर गाउँपालिकाको आयोजनामा यही फागुन १० गते हुने कवि सम्मेलन मुसायरा कार्यक्रम को लागि पत्रकार संग छलफल गरिएको छ । विजयनगर गाउपालिका अध्यक्ष गोपाल थापा को अध्यक्षता, राम प्रकट कोरी ले उद्घोषक को भूमिका निर्वाह गर्नुभयो।

जिल्ला का अधिकांश पत्रकार साथै छिमेकी राष्ट्र भारत का समेत पत्रकार हरुको उपस्थित रह्यो। विजयनगर गाउपालिका का अध्यक्ष गोपाल थापा ले पाल्नु हुने सम्पूर्ण पत्रकार लाई स्वागत गर्दै उक्त कार्यक्रम को तयारी तिब्र रूपमा भइरहेको, कार्यक्रमले दिगो बिकासका सम्भावना खुल्ने, सामाजिक सद्भाव समेत कायम हुने विस्वास राख्दै सबै पत्रकारहरू लाई आ आफ्नो ठाउँ बाट कार्यक्रम सफल बनाउन लाग्नु पर्ने कुरा मा जोड दिनुभयो।

सम्मेलनमा प्रमुख अतिथि पुर्व प्रधानमन्त्री माननीय पुष्प कमल दहाल प्रचण्ड, विशिस्ट अतिथि नेपाल का लागि भारतीय राजदुत मन्जित सिंह पुरी,पूर्व मंत्री माननीय हृदेश त्रिपाठी, पूर्व मंत्री ईश्वर दयाल मिश्र, भारत उत्तर प्रदेश का पूर्व विधान सभा अध्यक्ष मता प्रसाद पाण्डेय,भारत उत्तर प्रदेश बढनी का पूर्व चेयरमैन राम नरेश उपाध्याय लगायत नेपाल र भारत का शिर्ष नेताहरु आउने जानकारी गराउदै साथै कविहरुमा अनामिका अम्बर,जोहर कानपुरी, सबिना अदिव रमेश बासुरी, डा.अनिल चौबे,बिकाश बौखल सौरभ जैन, जाहिद अजाद आउने कविहरुले कविता, गजल माध्यमद्वारा यहाँ को कला,संस्कृतिहरुको पहिचान मुलक सन्देश दिने गरि प्रस्तुति गर्ने छन् यस कार्यक्रम बाट विजयनगरको लागि विकासमा ठुलो सहयोग मिल्ने छ भनी जानकारी गराउदै थापाले सम्पुर्ण पत्रकार लाई समयमै उपस्थित भइ कार्यक्रम सफल पार्न अनुरोध गरेका छन् ।

नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य बसन्त गिरीले यस मुशायरा कार्यक्रमले दिर्घकालिन रुपमा जिल्लाको विकासमा टेवा पुग्ने विश्वास राख्दै कार्यक्रमलाई सफल पार्न संचार माध्यमले सकारात्मक भुमीका खेल्नुपर्नेमा जोड दिए । त्यस्तै पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुषालले कार्यक्रम वारे आम नागरिकलाइ जानकारी दिन जिल्लाका सम्पुर्ण संचार माध्यमले प्रचार प्रसार गर्न आग्रह गरे ।