२०८१ बैशाख १७ सोमबार Monday, April 29

ताजा अपडेट :

शिवगढीमा लैङ्गिक हिंसा बारे सचेतना

लैङ्गिक हिंसा बारे सचेतना
image

कपिलवस्तु- जिल्लाको शिवराज-९ शिवगढीमा लैङ्गिक हिंसा सम्बन्धमा सचेतना कार्यक्रम गरिएको छ ।

ईलाका प्रहरी कार्यालय सुन्दरीडाडाको आयोजना वडाको आर्थिक सहयोगमा १ दिने सचेतना कार्यक्रम सम्पन्न भएको हो ।

लिङ्गकै आधारमा हुने गरेको हिंसा न्यूनीकरणका लागि सबै भन्दा अघि घर बाटै शुरु गर्नु पर्ने वडा अध्यक्ष रामगोपाल थारुले बताउनु भयो ।लागू पदार्थ सेवन,कम उमेरमा बिवाह लगायतका थुप्रै माध्यम बाट हिंसा शुरु हुने भएको हुँदा त्यसको रोकथाका लागि पनि स्थानीय सरकार र सरोकारवालाले हातेमालो गरे हिंसा न्यूनीकरणमा सहयोग पुग्ने बताउनु भयो ।

कार्यक्रममा सहभागीलाई ईलाका प्रहरी कार्यालय सुन्दरीडाडाका प्रहरी निरीक्षक अर्जुन बिस्वकर्माले लैङ्गिक हिंसा कसरी हुन्छ रोकथामका उपायहरु र हिंसा भइहाले प्रहरीमा कसरी उजुरी गर्ने कस्तो हिंसाको कस्तो सजाय हुन्छ भन्ने विषयमा प्रशिक्षण र जानकारी दिनुभएको थियो ।