२०८१ बैशाख २२ शनिबार Saturday, May 04

ताजा अपडेट :

गोल्डेन स्टारको फुटबल प्रतियोगिता असोज ५ देखि ।।

प्रतियोगिता असोज ५ देखि ।।
image

कपिलवस्तु 

गोल्डेन स्टारको १४ औ नकआउट पुरुष तथा महिला फुटबल प्रतियोगिता असोज ५ देखि शुरु हुने भएको छ ।

शिवराज ९ बानियाभारमा बसेको क्लबको बैठकले यस्तो निर्णय गरेको हो ।

हिन्दुहरुको महान चाड बिजया दशमी अवसरमा गोल्डेन स्टारले यस आयोजनालाई २०६५ साल देखि निरन्तर आयोजना गर्दै आएको छ ।

"ऐतिहासिक किल्ला तथा धार्मिक स्थल शिवगढीलाई पर्यटनकीयव क्षेत्र बनाउने हाम्रो चाहना " भन्ने नाराका साथ १५ दिन सम्म संचालन हुने यस आयोजनाले ऐतिहासिक किल्ला तथा धार्मिक स्थल शिवगढी मन्दिरको प्रचार प्रसारमा समेत जोड दिदै आएको छ ।

पछिल्लो समय युवाहरू मोबाईल केन्द्रित ,र कुलत तर्फ आकर्षित भईरहदा त्यस्ता लतबाट टाढा राख्न सम्भव भए मात्र खेलबाट संभव हुने भएकोले सबैले खेललाई प्राथमिकतामा राख्नु पर्ने क्लबका अध्यक्ष ईश्वर गिरीले बताउनु भयो। आगामी दिनमा क्लबले युवा शक्तिलाई चुस्त दुरुस्त राख्न खेल गतिविधिलाई प्राथमिकतामा राख्ने गिरीको भनाई छ ।

१५ दिन सम्म चल्ने प्रतियोगिताको बिजेताले नगद ५२ हजार ५ सय ५५ कप मेडल र प्रमाणपत्र उपबिजेताले नगद २६ हजार ५ सय ५५ कप मेडल प्रमाणपत्र सेमिफाइनलमा पराजित दुवै टिमले ६ , ६ हजार पाउनेछन्।

महिला तर्फको बिजेताले १५ हजार ५ सय ५५ कप मेडल प्रमाणपत्र ,उपबिजेताले नगद ७ हजार ५ सय ५५ कप मेडल र प्रमाणपत्र पाउनेछ । सहभागी जनाउन चाहने संघ, सस्था, क्लबले भाद्र २५ गते देखि असोज ४ गते सम्म टिम दर्ता गराउन सक्ने आयोजकले जानकारी दिएको ।