२०८१ बैशाख १७ सोमबार Monday, April 29

ताजा अपडेट :

सुर्यमुखी कप पौष २३देखि ।।

२३
image

कपिलवस्तु -२३ औ सुर्यमुखी कप पौष २३गतेबाट शुरु हुने भएको छ।

जिल्लाको पश्चिम् क्षेत्रमा फुटबल खेल प्रेमीमाझ निकै लोकप्रिय बनेको सुर्यमुखी कपको २३ "औ श्रृङखला यहि पौष २३ गते देखि शुरु हुने भएको हो ।

मंगलबार सुर्यमुखी युवा क्लबको भवन बिजगौरीमा बसेको बैठकले बिजेतालाई नगद ५५ हजार ५सय पचपन्न सुर्यमुखी कप मेडल प्रमाणपत्रले सम्मान गर्ने गरि सुर्यमुखी कपको तयारी गरेको छ ।

महेन्द्र राजमार्ग भन्दा अनुमानित ५ किलोमीटर मिटर भित्र बिजगौरीमा अवस्थित सुर्यमुखी युवा क्लबले "बिकाश र परिवर्तनका लागि युवा अघि सरौ शिवगढीलाई पर्यटकीय स्थलको रुपमा बिकास गरौ" भन्ने नाराका साथ बिगत २दशक अघि देखि यस आयोजनालाई निरान्तरता दिदै आएको छ ।

आयोजनाको माध्यमबाट शिवगढीमा रहेका ऐतिहासिक तथा धार्मिक स्थलहरुको प्रचारप्रसार पनि गर्दै आएको छ ।

सुर्यमुखी कपको बिजेता उपबिजेता तृतीय महिला तर्फ बिजेता र उपबिजेतालाई नगद लगायतका पुरस्कारले सम्मान गरिने क्लबले जानकारी दिएको छ ।