२०८१ बैशाख २२ शनिबार Saturday, May 04

ताजा अपडेट :

साईनिङ्ग स्टार फुटबल प्रतियोगिताको चौथो दिन तीन खेल समन्न।।

चौथो दिन तीन खेल समन्न।।
image

कपिलवस्तु 

रमुवादहमा जारी ५ औ महिला तथा पुरुष नक आउट फुटबल प्रतियोगिताको चौथो दिन ३ खेल समपन्न भएको छ ।

मंगलबार रमुवादहको खेल मैदानमा भएको पहिलो प्रतियोगितामा न्यु शिवपुर बिजयी भएको छ ।सृजनशिल युवा क्लबलाई ० को विरुद्ध २ गोल गरेर न्यु शिवपुर बिजयी भएको हो ।पहिलो हाफमा १ शुन्यले अग्रता लिएको न्यु शिवपुरले दोस्रो हाफमा पनि अर्को गरेको थियोे । दोस्रो खेल जयबुद्ध सामाजिक युवा क्लब र शिवगढी स्पोर्टिङको बिच भएको थियोे उक्त प्रतियोगितामा स्पोर्टिङ ० को विरुद्ध ३ गोलले बिजयी भएको छ ।

अन्तिम खेल गोल्डेन स्टार युवा क्लब र राईजिङ्ग स्टारको बीच भएको थियोे पहिलो हाफ बराबरी १, १ गोल खेलेको गोल्डेन स्टार दोस्रो हाफमा ३, ५ गोलको अन्तरले पराजित भएको हो ।

बुधबार पनि ३ खेल हुने आयोजकले जानकारी दिएको छ ।