२०८१ बैशाख १७ सोमबार Monday, April 29

ताजा अपडेट :

मनकामनाको स्वास्थ्य शिविरमा ५ सय बढीले गराए परिक्षण ।।

५ सय बढीले गराए परिक्षण ।।
image

कपिलवस्तु - मनकामना स्वावलम्बन बहुउद्देश्यीय सहकारी सस्थाले आयोजना गरेको १ दिने निशुल्क स्वास्थ्य परिक्षण शिबिरमा ५ सय बढीले स्वास्थ्य परिक्षण गराएका छन ।

बिहिवार सहकारीको भवन शिवराज ९ को भगवानपुरमा चौराह हस्पिटल प्रा लि बुटवल र सन्जिवनी अस्पताल चन्द्रौटाको ब्यवस्थापन, वडा न ९ शिवगढी स्वास्थ्य चौकीको सहयोगमा भएको १ दिने निशुल्क स्वास्थ्य शिविरमा धेरै स्वास्थ्य समस्य भएका तर आर्थिक अभावका कारण रोग पालेर बसेका धेरैले परिक्षण गराएका हुन । परिक्षण पछी बिरामीलाई औषधि र उचित परामर्श समेत दिईएको सस्थाका अध्यक्ष रमिता सुबेदिले जानकारी दिनुभयो ।

बिहान १० बजेबाट शुरु भएको शिविरमा न्युरो ,नाक कान घाँटी, छाला कुस्ठरोग ,महिला तथा बालबालिका मुटुरोग लगायतका डाक्टर हरुले बिरामीको परिक्षण गरेका थिए ।

आर्थिक अभावमा स्वास्थ्य परिक्षण गराउन नसकेकाका लागि शिविर धेरै प्रभावकारी भएको परिक्षण गराउन आएकाले बताएका छन ।

परिक्षणको उट्घाटन समारोहलाई सम्बोधन गर्दै नेकपाका महासचिव नेत्र बिक्रम सी बिप्लवले शिक्षा स्वास्थ्य जस्तो आधारभुत आवश्यक सेवामा देशमा ब्यापार भइरहेको बताउनु भयो ।

सहज सबैको पहुँचमा हुनु पर्ने स्वास्थ्य र शिक्षा पैसा वालाको लागि मात्र भएको ,गरिबहरु सामान्य सिटामोल जस्ता औसधि खान नपाएर मृत्यु समेत भएको भन्दै त्यस्ता बेथितिको विरुद्ध सबै बोल्नु पर्ने उहाँको भनाई छ ।

कार्यक्रमलाई शिवराज नगरपालिकाका नगरप्रमुख अजय थापा ,बिजयनगर गाउपालिकाका अध्यक्ष गोपाल बहादुर थापा,शिवराज ९ का वडा अध्यक्षले सम्बोधन गर्नु भएको थियोे ।