२०८१ बैशाख १७ सोमबार Monday, April 29

ताजा अपडेट :

शान्तिपुर्ण तरिकाले निर्वाचन समपन्न गर्न सरोकारवाला बीच छ्लफल ।।

सरोकारवाला बीच छ्लफल
image

कपिलवस्तु 

शान्तिपूर्ण तरिकाले निर्वाचन समपन्न गर्न शिवगढीमा निर्वाचनमा सहभागी दल सुरक्षाकर्मी र अधिकृत बिच छलफल भएको छ।

शुक्रबार शिवगढीकाे मतदान केन्द्र भगवानपुर सुन्दरीडाडा,र बिजगौरीमा बसेको भेलाले  आसन्न मंसिर ४ मा हुने प्रदेश ,र प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा समपन्न गर्न विभिन्न दल, सुरक्षाकर्मी,मतदान केन्द्रका अधिकृतहरु बिच छलफल भएको हो ।

अशक्त,जेष्ठ नागरिक ,सुत्केरी ,सानो बच्चा भएका,अपाङ्ग ,सुत्केरी हुन अन्तिम चरणमा भएकि,दृष्टिबिहिन,दीर्घरोगिहरुलाई सहजरुपमा मतदान गर्न पाउने बाताबरण मिलाईदिने भेलाले निर्णय गरेको छ ।

अशक्त ब्याक्तीले मतदान गर्न नसक्ने अवस्था भएमा एकाघरको ब्यक्तिलाई प्राथमिकता दिने विवाद भए मतदान अधिकृतले एकाघरको ब्यक्तिको रोहबरमा मतदान गर्नेछ सो नभएमा मतदाताले चाहेको ब्यक्तिबाट मतदान गराउन सक्ने लगायतका विषयमा भेलाले छलफल गरेको छ ।