• Tuesday, September 08

दक्षिण कोरियाको विजयी सुरुवात, चेक रिपब्लिक २–१ ले पराजित

फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकलाई २–१ ले हराउँदै प्रतियोगितामा सुखद सुरुवात गरेको छ।

Fm Radio Link
दक्षिण कोरियाको विजयी सुरुवात

काठमाडौं, २९ जेठ । फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकलाई २–१ ले हराउँदै प्रतियोगितामा सुखद सुरुवात गरेको छ।

मेक्सिकोको ग्वाडालजारा रंगशालामा भएको प्रतिस्पर्धामा चेक रिपब्लिकले दोस्रो हाफमा अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा हार बेहोर्नुपर्‍यो। दक्षिण कोरियाले १४ मिनेटको अन्तरालमा दुई गोल गर्दै खेल आफ्नो पक्षमा पारेको थियो।

खेलको ५९औं मिनेटमा लादिस्लाभ क्रेज्कीले गोल गर्दै चेक रिपब्लिकलाई अघि बढाएका थिए। तर, दक्षिण कोरियाले ६७औं मिनेटमा ह्वाङ इनबियोमको गोलमार्फत खेल बराबरीमा ल्यायो।

७७औं मिनेटमा थोमस सुसेकले फ्रिकिकबाट आएको बललाई हेडरमार्फत जाली चुमाए पनि अफसाइडका कारण गोलले मान्यता पाएन। त्यसको तीन मिनेटपछि ओह ह्योङयुले निर्णायक गोल गर्दै दक्षिण कोरियालाई २–१ को अग्रता दिलाए।

बाँकी समयमा दुवै टोलीले थप गोल गर्न नसकेपछि दक्षिण कोरिया विजयी बन्यो।

यो जितसँगै दक्षिण कोरियाले विश्वकपमा चेक रिपब्लिकविरुद्ध पहिलो जित दर्ता गरेको छ। १२औं पटक विश्वकप खेलिरहेको दक्षिण कोरियाले उद्घाटन खेलमा जित निकालेको यो चौथो अवसर हो।

समूह ‘ए’ मा दक्षिण कोरियाले पहिलो खेलबाट ३ अंक जोड्दै दोस्रो स्थान बनाएको छ। समान अंक भए पनि राम्रो गोलअन्तरका आधारमा मेक्सिको शीर्ष स्थानमा रहेको छ। चेक रिपब्लिक तेस्रो तथा दक्षिण अफ्रिका अंकविहीन रहँदै पुछारमा छन्।

Give Your Thought
Radio System

CFP Sugar Bowl Football   

Mississippi platers and coach celebrate a win against Georgia after...

Radio System

कांक्रेविहार क्लब र फ्रेंड्स क्लबका खेलाडीबीच प्रतिस्पर्धा

ललितपुरको सातदोबाटोमा अखिल नेपाल फुटबल सङ्घद्वारा आज आयोजित नेशनल लिग...

Radio System

१९ महिला फुटबल टोली

काठमाडौँ, ६ माघः अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले पोखरामा हुने...

Latest Update