२०८१ जेठ ४ शुक्रबार Friday, May 17

ताजा अपडेट :

विश्वभर कोरोना संक्रमितको संख्या ६७ लाख नाघ्यो,३ लाख ९३ हजार बढी मृत्यु

image

कोरोना संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ३ लाख ९३ हजार २ सय नाघेको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार ४ सय ९९ जनाको मृत्यु भएसंगै कुल मृत्यु हुनेको संख्या ३ लाख ९३ हजार २ सय १२ पुगेको छ ।

६७ लाख २ हजारभन्दा बढी संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा १ लाख २९ हजार ९ सय ९० जना नयाँ संक्रमित थपिएसंगै संक्रमितको संख्या ६८ लाख २ हजार ६ सय ९९ पुगेको छ ।

संक्रमितमध्य ३२ लाख ५१ हजार ५ सय ९२ जना उपचारपछि निको भएर घर फर्किएका छन् । ३० लाख ५७ हजार ८ सय ९५ जनाका.उपचार भईरहेको छ भने ५५ हजार ४ सय ५६ जनाको अवस्था गम्भिर रहेको वल्डोमिटर्समा उल्लेख छ ।

यस्तै, कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख १० हजार १ सय ७३ पुगेको छ । १९ लाख २४ हजार भन्दाबढी संक्रमित भएका छन् ।