Tuesday, October 06

Latest Update :

बिजगौरीमा लागू पदार्थ दुर्व्यसन तथा बालविवाह सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

दुर्व्यसन तथा बालविवाह सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
image

कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं. ९ बिजगौरीमा स्थानीय युवा, अभिभावक तथा प्रहरीबीच लागू पदार्थ दुर्व्यसन तथा बालविवाह सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

May be an image of one or more people and people smiling

कार्यक्रमको आयोजना इलाका प्रहरी कार्यालय सुन्दरीडाँडाले गरेको हो। कार्यक्रममा स्थानीय युवायुवती, अभिभावक तथा समुदायका विभिन्न व्यक्तिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा इलाका प्रहरी कार्यालय सुन्दरीडाँडाका प्रतिनिधि प्रहरी सहायक निरीक्षक (प्र.स.नि.) सरोज कुमार मिश्रले लागू पदार्थ दुर्व्यसनका विभिन्न चरण, त्यसले व्यक्ति, परिवार र समाजमा पार्ने नकारात्मक प्रभावका बारेमा जानकारी गराउनुभएको थियो। उहाँले लागू पदार्थको प्रयोग कसरी बानीमा परिणत हुन्छ र त्यसबाट उत्पन्न हुने सामाजिक तथा कानुनी समस्याबारे समेत स्पष्ट पार्नुभएको थियो।

 

त्यसैगरी, प्र.स.नि. मिश्रले बालविवाहका कानुनी, सामाजिक तथा स्वास्थ्य सम्बन्धी असरहरूबारे जानकारी दिँदै बालविवाह अन्त्यका लागि अभिभावक र समुदायको भूमिका महत्वपूर्ण रहने बताउनुभयो। उहाँले बालबालिकाको शिक्षा, स्वास्थ्य र उज्ज्वल भविष्य सुनिश्चित गर्न बालविवाह रोक्न सबै पक्ष सचेत हुनुपर्नेमा जोड दिनुभयो। सहभागीहरूले कार्यक्रमलाई ज्ञानवर्धक र समयसापेक्ष भएको प्रतिक्रिया दिएका थिए। समुदायमा लागू पदार्थ दुर्व्यसन र बालविवाह न्यूनीकरण गर्न यस्ता सचेतनामूलक कार्यक्रमले सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको थियो

 

 

Latest Update