Wednesday, October 07

Latest Update :

पूँजीवादी परम्परा तोड्न नसक्दा स्थानीय तहमा सोचेजस्तो विकास भएन: मन्त्री थारू

स्थानीय तहमा सोचेजस्तो विकास भएन: मन्त्री थारू
image

कपिलवस्तु । पूँजीवादी परम्परा तोड्न नसक्दा स्थानीय तहमा सोचेजस्तो विकास नभएको लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रजीत थारूले बताउनु भयो । देशमा अझै पनि पूँजीवादी परम्परा तोडिन नसक्दा जनताको चाहनाअनुसार योजना तथा विकासका काम अघि बढाउन कठिन भइरहेको भन्दै शिवराज नगरपालिका–९ को प्रथम अध्यक्ष कपको उद्घाटन समारोहलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो।

 

जनताले आशा गरेर नयालाई साथ दिदा समेत नयाबाट समेत कहि कतै परिवर्तनको संभावना नदेखिए पछी फेरि व्यापक निराशा छाएको उहाको भनाई छ ।

 

मन्त्री थारूले प्रदेश सरकारसँग स्रोत–साधन भए पनि प्रदेश र स्थानीय तहले आफूअनुकूल निर्णय गरेर कार्यान्वयन गर्न सक्ने अवस्था पूर्ण रूपमा स्थापित हुन नसकेको गुनासो गर्नुभयो। केन्द्रमुखी सोच र संरचनाका कारण प्रदेशले समेत कतिपय विषयमा केन्द्रको निर्णय र सहयोगको प्रतीक्षा गर्नुपर्ने अवस्था रहेको उहाँको भनाइ थियो।

 

“हामीसँग स्रोत–साधन प्रशस्त हुँदाहुँदै पनि आफूअनुकूल निर्णय गरेर अगाडि बढ्न सक्ने अवस्था छैन। प्रदेशले चाहेजस्तो निर्णय गर्न नसक्दा केन्द्रको आस गर्नुपर्ने अवस्था छ,” मन्त्री थारूले भन्नुभयो।

 

उहाँले स्थानीय तहलाई आवश्यक अधिकार, स्रोत र निर्णय गर्ने स्वतन्त्रता प्रदान गर्न सके मात्र जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी विकास र परिवर्तन सम्भव हुने बताउनुभयो। संघ, प्रदेश र स्थानीय तहबीच अधिकार तथा स्रोतको उचित बाँडफाँड र समन्वय आवश्यक रहेको उहाँको जोड थियो।

 

मन्त्री थारूले विकासका योजना निर्माण गर्दा स्थानीय आवश्यकता र जनताको प्राथमिकतालाई केन्द्रमा राख्नुपर्ने बताउँदै स्थानीय तहलाई सक्षम र अधिकारसम्पन्न बनाउन सके मात्रै अपेक्षित परिणाम हासिल गर्न सकिने धारणा व्यक्त गर्नुभयो।

 

उद्घाटन समारोहमा वडा अध्यक्ष रामगोपाल चौधरी (थारू) लगायत जनप्रतिनिधि, स्थानीय अगुवा, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी तथा स्थानीयवासीको सहभागिता रहेको थियो।

 

उद्घाटन खेल सयपत्री युवा क्लब अञ्चलपुर र एकता युवा क्लब दशनम्बर बिच भएको थियो निर्धारित समयमा ४ गोलको बराबरी खेलेको एकतालाई सयपत्रीले पेनाल्टी पराजित गरेको छ ।

Latest Update