Tuesday, October 06

Latest Update :

बुद्धनगरमा जारी भुमे नाम्क मेलाको दोस्रो दिन विविध खेलकुद तथा सांस्कृतिक गतिविधि गर्दै सम्पन्न।।

दोस्रो दिन विविध खेलकुद तथा सांस्कृतिक गतिविधि गर्दै सम्पन्न।।
image

कपिलवस्तुको विजयनगर गाउँपालिका–४ त्रिभुज बुद्धनगरमा जारी दोस्रो भुमे नाम्क मेलाको दोस्रो दिन विभिन्न रमाइला खेल तथा प्रतियोगिताहरू गर्दै उत्साहपूर्वक सम्पन्न भएका छन्।

मेलाको दोस्रो दिन घैटो फोर, महिला तथा पुरुष, कुर्सी दौड, महिला–पुरुष डोरीतान तथा श्रीमती बोकेर दौडने प्रतियोगिता आयोजना गरिएको थियो। प्रतियोगितामा स्थानीयवासीहरूको उत्साहजनक सहभागिता रहेको थियो 

आयोजकका अनुसार बाँकी रहेका खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरू असार ३ गते सञ्चालन गरिनेछन्। सोही दिन विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल थापा को प्रमुख आतिथ्यतामा मेलाको समापन कार्यक्रम आयोजना गरिनेछ।

समापन कार्यक्रममा स्थानीय मगर समुदायको मौलिक भुमे नृत्य प्रस्तुत गरिनुका साथै दोहोरी गीत प्रतियोगिता समेत सञ्चालन हुने आयोजकले जनाएको छ। मेलाले मगर समुदायको भाषा, कला, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

Latest Update