कपिलवस्तुको शिवराज–३ मा ट्याङ्कीमार्फत खानेपानी वितरण
ट्याङ्कीमार्फत खानेपानी वितरण
कपिलवस्तु, शिवराज नगरपालिका वडा नं. ३ मा लामो समयदेखि देखिएको खानेपानी अभावका कारण प्रभावित स्थानीय बासिन्दालाई राहत प्रदान गर्न ट्याङ्कीमार्फत खानेपानी वितरण गरिएको छ।
खानेपानीको समस्या चर्किएपछि वडा अध्यक्ष टेकलाल सापकोटाको पहलमा आवश्यक समन्वय गरी ट्याङ्कीमार्फत पानी वितरणको व्यवस्था मिलाइएको हो। यसबाट पानीको अभाव झेलिरहेका स्थानीय बासिन्दाले तत्काल राहत पाएका छन्।
वडा अध्यक्ष सापकोटाले वडामा देखिएको खानेपानी संकटलाई मध्यनजर गर्दै सम्बन्धित निकायसँग समन्वय गरी तत्काल पानी वितरणको व्यवस्था गरिएको जानकारी दिए। उनले खानेपानी समस्या समाधानका लागि दीर्घकालीन उपाय अवलम्बन गर्नसमेत पहल भइरहेको बताए।