Saturday, October 10

Latest Update :

प्रथम वडाध्यक्ष कपः महिला फुटबलतर्फ साबिक वडा नम्बर ३ रमुवादह च्याम्पियन

साबिक वडा नम्बर ३ रमुवादह च्याम्पियन
image

कपिलवस्तु-कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नम्बर ९ मा जारी प्रथम वडाध्यक्ष कपअन्तर्गत महिला फुटबलतर्फ साबिक वडा नम्बर ३ रमुवादह च्याम्पियन बनेको छ। शुक्रबार सम्पन्न फाइनल खेलमा साबिक वडा नम्बर ४ बानियाभारलाई २–० गोलअन्तरले पराजित गर्दै रमुवादहले उपाधि जितेको हो।

 

यससँगै साबिक वडा नम्बर ३ रमुवादह प्रथम वडाध्यक्ष कपको महिला फुटबलतर्फ पहिलो च्याम्पियन बनेको छ। यसअघि शुक्रबार नै पुरुष फुटबलतर्फको पहिलो खेलमा साबिक वडा नम्बर ३ रमुवादह र साबिक वडा नम्बर ६ अञ्चलपुरबीच अन्तिम सेमिफाइनल खेल भएको थियो। निर्धारित समयमा दुवै टोलीले २-२गोल मात्र गरेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। पेनाल्टीमा साबिक वडा नम्बर ६ अञ्चलपुरले २ का विरुद्ध ४ गोल गर्दै फाइनलमा स्थान बनाएको थियो।

 

त्यस्तै, शुक्रबार नै सम्पन्न ३० प्लस फुटबलतर्फको खेलमा सूर्यमुखी युवा क्लब बिजगौरी विजयी भएको छ। सूर्यमुखीले शिवगढी स्पोर्टिङ क्लब तुरुन्तपुरलाई १–० गोलअन्तरले पराजित गरेको हो। आयोजकका अनुसार शनिबार बिहान ८ यस्तै, ३० प्लस फुटबलतर्फको फाइनलमा नवसृजनशील युवा क्लब भगवानपुर र सूर्यमुखी युवा क्लब बिजगौरीबीच प्रतिस्पर्धा हुनेछ।

 

शनिबार नै प्रतियोगिताको समापन तथा विजेता र उपविजेता टोलीलाई पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ। शनिबार साबिक वडा नम्बर ४ बानियाभार र साबिक वडा नम्बर ६ अञ्चलपुरबीच फाइनल हुने आयोजकले जानकारी दिएको छ

Latest Update